भेडियामा इलाका प्रहरी कार्यालय भवनको उद्घाटन
बुधबार, ०६ असोज २०७८, १४ : १६
दुई नम्बर प्रदेशका आन्तरिक मामिला तथा सञ्चारमन्त्री भरतप्रसाद साहले इलाका प्रहरी कार्यालय भवनको उद्घाटन गरेका छन् । मन्त्री साहले सप्तरीको भेडियामा नवनिर्मित इलाका प्रहरी कार्यालय भवनको उद्घाटन गरेका हुन् ।
उद्घाटन समारोहलाई सम्बोधन गर्दै मन्त्री साहले प्रदेशको सुरक्षाको जिम्मेवारी सरकारको रहेको बताए । साहले भने– ‘प्रहरीको सुरक्षित आवासको जिम्मेवारी प्रदेश सरकारले लिन्छ । प्रहरी प्रशासनको व्यवस्थित कार्यालय र आवासको जिम्मेवारीप्रति हामी गम्भिर छौँ ।’
कार्यक्रममा आन्तरिक मामिला तथा सञ्चार राज्यमन्त्री रुवी कर्ण, जिल्ला प्रहरी कार्यालय सप्तरीका प्रहरी उपरिक्षक राजेन्द्रप्रसाद धमला, २ नम्बर प्रदेश कार्यालय टिएसटी प्रमुख प्रहरी निरीक्षक चिरञ्जिवी प्रसाद महतो लगायतले सम्बोधन गरेका थिए ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
६७औँ अन्तर्राष्ट्रिय गणित ओलम्पियाडमा नेपाली टोलीको उत्कृष्ट नतिजा, ३ विद्यार्थीले दिलाए पदक
-
प्रेस स्वतन्त्रतामाथि सरकारी हस्तक्षेप बढेको महासंघको आरोप
-
केपी ओलीलाई आफ्नोभन्दा बढी कांग्रेसको चिन्ता !
-
अभिनेत्री दीपाश्री निरौला डिस्चार्ज
-
प्रधान न्यायाधीश शर्मा भारत प्रस्थान
-
वैदेशिक व्यापारमा नयाँ रेकर्ड, तर व्यापार घाटा झण्डै १८ खर्ब
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण