भेडियामा इलाका प्रहरी कार्यालय भवनको उद्घाटन
बुधबार, ०६ असोज २०७८, १४ : १६
दुई नम्बर प्रदेशका आन्तरिक मामिला तथा सञ्चारमन्त्री भरतप्रसाद साहले इलाका प्रहरी कार्यालय भवनको उद्घाटन गरेका छन् । मन्त्री साहले सप्तरीको भेडियामा नवनिर्मित इलाका प्रहरी कार्यालय भवनको उद्घाटन गरेका हुन् ।
उद्घाटन समारोहलाई सम्बोधन गर्दै मन्त्री साहले प्रदेशको सुरक्षाको जिम्मेवारी सरकारको रहेको बताए । साहले भने– ‘प्रहरीको सुरक्षित आवासको जिम्मेवारी प्रदेश सरकारले लिन्छ । प्रहरी प्रशासनको व्यवस्थित कार्यालय र आवासको जिम्मेवारीप्रति हामी गम्भिर छौँ ।’
कार्यक्रममा आन्तरिक मामिला तथा सञ्चार राज्यमन्त्री रुवी कर्ण, जिल्ला प्रहरी कार्यालय सप्तरीका प्रहरी उपरिक्षक राजेन्द्रप्रसाद धमला, २ नम्बर प्रदेश कार्यालय टिएसटी प्रमुख प्रहरी निरीक्षक चिरञ्जिवी प्रसाद महतो लगायतले सम्बोधन गरेका थिए ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
पूर्वन्यायाधीशको निधनपछि सर्वोच्चका सबै सुनुवाइ स्थगित
-
कोशीका मुख्यमन्त्री कार्की रिट निवेदन बोकेर सर्वोच्चमा
-
यी हुन् कार्कीलाई कोशीको मुख्यमन्त्रीमा समर्थन गर्दै हस्ताक्षर गर्ने ५२ सांसद (सूचीसहित)
-
बागमती प्रदेशसभाको वर्षे अधिवेशन आह्वान गर्न सिफारिस
-
सामूहिक छुट्टीमा जाने २५ जना कर्मचारी बर्खास्त
-
कोशीको मुख्यमन्त्रीमा हिक्मतकुमार कार्कीको दाबी पेश