रौतहटबाट कटुवा पेस्तोल र गोलीसहित युवक पक्राउ
बिहीबार, ०७ असोज २०७८, १५ : ३१

रौतहटको दुुर्गाभगवती गाउँपालिका–२ स्थित भलुईयाबाट प्रहरीले कटुवा पेस्तोलसहित एकजनालाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा २४ वर्षका संजय शाह सोनार छन् । सोनारको साथबाट १ थान कटुवा पेस्तोल र सोही पेस्तोलमा लाग्ने २ वटा गोली बरामद गरिएको जिल्ला प्रहरी कार्यालय रौतहटले जनाएको छ ।
सुराकको आधारमा जिल्ला प्रहरी कार्यालय रौतहट र इलाका प्रहरी कार्यालय गंगापिपराबाट खटिएको प्रहरीले घर तलासी गर्दा सो हतियार फेला परेको थियो । घटनाबारे अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय रौतहटले जनाएको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
६ वर्षदेखि चिकित्सकको पर्खाइमा सर्पदंश उपचार केन्द्र
-
पाकिस्तानमा भारतीय आक्रमणबारे राष्ट्रपति ट्रम्पको प्रतिक्रिया: यो दुःखद हो
-
भारतले पाकिस्तानमाथि आक्रमण गर्नुको कारण के हो ?
-
आज कुन देशको मुद्राको विनिमयदर कति ? (सूचीसहित)
-
पाकिस्तानले भन्यो- भारतीय आक्रमणबाट तीन स्थानहरू प्रभावित
-
मध्यरातमा भारतद्वारा पाकिस्तानमा 'एयर स्ट्राइक', ९ स्थानलाई लक्षित