डेढ वर्षपछि पर्यटकका लागि नेपाल खुला
सरकारले डेढ वर्षपछि पर्यटकका लागि नेपाल भ्रमण खुला गरेको छ । कोरोना भाइरस (कोभिड–१९) को संक्रमण बढेपछि २०७६ फागुनदेखि सरकारले अनअराइभल भिसा दिन रोक लगाएको थियो । यो निर्णयलाई संशोधन गर्दै सरकारले अनअराइभल भिसा खुला गरेको हो ।
संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयले ‘विदेशबाट नेपाल आगमन हुने र नेपालबाट प्रस्थान गर्ने यात्रुहरूको यात्रा व्यवस्थापनसम्बन्धी आदेश’ बिहीवार सार्वजनिक गर्दै अनअराइभल भिसा खुला गरेको बताएको छ । आदेश राजपत्रमा प्रकाशित भएपछि मात्रै लागू हुनेछ । सरकारको यो निर्णयसँगै अब विदेशी पर्यटकले नेपाल आउँदा होटेल क्वारेन्टाइन बस्नु नपर्ने र विमानस्थलबाट सीधै भिसा पाएर गन्तव्यमा जान पाउनेछन् ।
यसका लागि सरकारले केही शर्तहरू भने तोकेको छ । उक्त आदेशअनुसार कोभिड–१९ विरुद्ध खोपको मात्रा पूरा गरेका नागरिकलाई मात्रै यस्तो भिसा दिइनेछ । अनअराइभल भिसाका लागि नेपाल आउने पर्यटकले नेपालको अध्यागमन प्रवेश विन्दुमा भिसाका लागि आवेदन दिनुपर्नेछ । आवेदन दिँदा उनीहरूले कोभिडविरुद्धको खोपको मात्रा पूरा गरेको १४ दिन पूरा भएको प्रमाण, हवाई उडानका लागि चेक इन हुनुभन्दा ७२ घण्टाभित्रको कोभिड परीक्षणको रिपोर्ट नेगेटिभ भएको प्रमाण पेश गर्नुपर्नेछ ।
नेपालमा पर्वतारोहण र पदयात्रामा आउनेहरूले अनुमतिको प्रतिलिपि, होटेल बुक गरेको प्रमाण र कोभिड–१९ संकट व्यवस्थापन केन्द्र (सीसीएमसी) अनलाइन फारम भरी त्यसको प्रिन्टजस्ता कागजातसमेत पेश गर्नुपर्ने व्यवस्था सरकारले गरेको छ । यी कागजात अर्थात् शर्तहरू पालना गरेका पर्यटकहरू गन्तव्यमा जान पाउनेछन् । सरकारको यो निर्णयलाई पर्यटन व्यवसायीहरूले सकरात्मक रूपमा लिएका छन् ।
सरकारले ढिलै भए पनि सकारात्मक निर्णय गरेको एक्सपिडिशन अपरेटर्स एशोसिएशन अफ नेपाल (इओन)का अध्यक्ष डम्बर पराजुलीले बताए । सरकारले डेढदेखि २ महीना नै ढिला गरेर अनअराइभल भिसा खुलाउँदा धेरै पर्यटक आकर्षित नहुने उनको तर्क छ ।
‘सरकारको कदम सही हो तर ढिलो गरी यो निर्णय आयो,’ पराजुलीले भने, ‘२ महिनाअघि भएको भए राम्रै प्रभाव हुने थियो किनभने नेपालमा भिसा खुला गर्नासाथ पर्यटक आइहाल्ने भन्ने हुँदैन । पर्यटकले पर्यटकीय सिजनका लागि पहिलादेखि नै तयारी, बिदा, बुकिङ समय पाउने थिए, यसले राम्रो नतीजा ल्याउन सक्थ्यो ।’ यो समाचार आर्थिक अभियान दैनिकमा छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
देशभर वर्षा: विशेष सतर्कता अपनाउन आग्रह
-
कतारका पूर्व अमिरको निधनमा भारतमा एक दिने राष्ट्रिय शोक घोषणा
-
सम्झौता हुन लागेकै बेला इरानले आक्रमण गर्यो: राष्ट्रपति ट्रम्प
-
धनुषामा चैते धान खेतीतर्फ किसानको आकर्षण बढ्दै
-
युक्रेनमा सरकार पुनर्गठन, नयाँ प्रधानमन्त्री नियुक्त गरिने
-
भानु जयन्ती कविता प्रतियोगितामा अधिकारी प्रथम
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण