बौद्धिक चोरी विवाद विकराल
ट्रेडमार्कको विवाद विकराल बन्दै गइरहेको छ । बौद्धिक सम्पत्ति चोरीको उजुरीका चाङ लागेसँगै विवादले विकराल रुप लिन थालेको हो। उद्योग विभागका अनुसार बौद्धिक सम्पत्ति चोरीसम्बन्धी उजुरी आउने क्रम बढेको छ। गत वर्ष मात्रै १ सय ७४ वटा उजुरी परेको छ। गत वर्ष ५७ वटा मात्रै छिनोफानो भए। विभागका अनुसार हालसम्म बौद्धिक सम्पत्ति चोरीका ६ सय ६७ वटा विवाद सल्टिएको छैन्।
लामो समयसम्म छिनोफानो हुन नसक्दा धेरैजसो बौद्धिक सम्पत्ति चोरीका मुद्दाहरू पेन्डिङमा हुने गरेका हुन्। प्रस्ट कानुन नहुँदा बौद्धिक सम्पत्तिको चोरी बढेको जानकारहरू बताउँछन्। लामो समयदेखि बौद्धिक सम्पत्तिको उजुरीमा छिनोफानो हुन नसक्दा समस्या थपिँदै गएको छ।
उजुरी छिनोफानो हुन वर्षौं लागेपछि उजुरीकर्ता पनि निराश भएका छन्। उद्योग विभागका निर्देशक दिपक घिमिरे धेरै वर्ष अघिदेखि पेन्डिङमा रहेका उजुरी टुंग्याउने गृहकार्यमा जुटेको बताउँछन्। पेन्डिङमा रहेका सबै लट समाप्त गर्ने गरी गत वर्ष काम गरेको भए पनि अझै पेन्डिङमा धेरै मुद्धा रहेको उनले बताए। उजुरीकर्ता समयमा नआउने, हारेपछि चिठी नबुझ्ने, स्पष्ट ठेगाना उल्लेख नहुनेलगायत कारण वर्षौंदेखिका उजुरी सर्दै आएका छन्।’
विभागको संस्थागत संरचना पनि कमजोर छ। विभागमा जनशक्ति अभावले पनि बौद्धिक सम्पत्ति विवाद सल्टाउन समस्या भइरहेको उनको भनाइ छ। विभागमा दुई वर्ष अघिदेखिका उजुरी तामेलीमा रहेको पाइएको छ। दुवै पक्षले सबुत प्रमाण पेस गर्न नसक्दा मुद्दा तामेलीमा रहिरहने समस्या छ।
विदेशी तथा चलेका स्वदेशी ब्रान्डकोसमेत कपी लिन खोज्ने प्रवृत्ति बढ्दै गएकाले उजुरीका चाङ लागेका हुन्। तुरुन्तै लाभ लिने प्रवृत्ति मौलाउँदै गएकाले उस्तैउस्तै नाम राखेर झुक्याउन खोज्ने प्रवृत्ति बढ्दै गएको विभागका अधिकारीहरू बताउँछन्। यो समाचार अन्नपूर्ण पोस्टमा छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
गणेशकी श्रीमतीले काठमाडौँबाटै लिइन् नागरिकता
-
बागलुङ बजारका धारामा दशकौँदेखि धमिलो पानी
-
१० बजे १० समाचार : गणेश नेपालीको परिवारसँग ९ बुँदे सहमति, संविधान संशोधनमा बिच्किए पुराना दल
-
रवि–बालेन भेट : आत्मदाह घटनादेखि सुकुमबासी व्यवस्थापनबारे छलफल
-
फेरान टोरेसको पीएसजी स्थानान्तरण चर्चा
-
भाषा र संस्कृति संरक्षणमा जुट्दै तनहुँका गुरुङ समुदाय
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण