शनिबार, २९ वैशाख २०८१
ताजा लोकप्रिय

फूलपातीदेखि पूर्णिमासम्म बिना रुट परमिट जुनसुकै स्थानमा बस चलाउन पाइने

आइतबार, १० असोज २०७८, १६ : १३
आइतबार, १० असोज २०७८

सरकारले दसैँका बेला यात्रुको चापलाई ध्यानमा राखी देशका जुनसुकै स्थानमा बिना रुट परमिट बस चलाउन सक्ने बताएको छ । आइतबार संसदको विकास तथा प्रविधि समितिको बैठकमा यातायात व्यवस्था विभागका महानिर्देशक नमराज घिमिरे दसैँमा फुलपातीदेखि पूर्णिमासम्म बस चलाउन रुट परमिट खुला गरिएको जानकारी दिए । 

उनले यात्रुको चापलाई ध्यानमा राख्दै सो अवधिमा देशका जुनसुकै स्थानसम्म बिना रुट परमिट बस चलाउन दिने उल्लेख गरे । उनले भने– ‘हामीले दसैँको फूलपातीदेखि पूर्णिमासम्म रुट परमिट नभएका बस सञ्चालन गर्न खुला गरेका छौँ । यो बेला जुनसुकै बस, जहाँसम्म पनि यात्रु लिएर जान पाउने व्यवस्था गरेका छौँ ।’

उनले बसको छतमा मान्छे तथा पशुपंक्षी राख्न पनि निषेध गरेको जानकारी दिए । साथै सवारी साधनले बसको ढोकामा विभिन्न गन्तव्यसम्मको भाडादर स्पष्ट रुपमा टाँस गर्नुपर्ने व्यवस्था गरेको बताए ।  पश्चिम जाने बसहरु नयाँ बसपार्क, कलंकी र त्यस आसपासबाट छुट्ने, पूर्व जाने बसहरु कोटेश्वरदेखि कलंकीसम्म सडकको दायाँ बायाँ विभिन्न स्थानबाट र भक्तपुरको सल्लाघारीबाट छुट्ने व्यवस्था गरिएको जानकारी गराए ।

साथै सादा पोसाकमा प्रहरी आफैं यात्री बनेर भाडादरको अनुगमन गर्ने व्यवस्था गरिएको पनि जानकारी गराए ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप