संविधानमा भएका त्रुटिले मुलुकमा अस्थिरता निम्तियो : लोसपा
नवगठित लोकतान्त्रिक समाजवादी पार्टीका अध्यक्ष महन्थ ठाकुरले त्रुटिपूर्ण संविधानका कारण मुलुकमा अस्थिरता निम्तिएको बताएका छन् । आइतबार जनकपुरधाममा लोसपा महिला परिवारले जितिया पर्वको पूर्व सन्ध्यामा आयोजना गरेको कार्यक्रममा उनले संविधानको धारा ७६ कै कारण राजनीतिक अस्थिरता निम्तिएको बताए ।
संविधानको धारा ७६ मा सरकार गठन र विस्थापनबारे प्रस्ट व्याख्या भएको भए अहिलेको अवस्था सिर्जना नहुने उनको भनाइ थियो । मुलुकमा राजनीतिक अस्थिरता कायम रहे पनि आफूहरुले मधेसको समस्या समाधान गर्न प्रधानमन्त्रीलाई ध्यानाकर्षण गराएको उनले बताए । देशमा गणतन्त्र स्थापनापछि भएका सबै प्रधानमन्त्रीलाई मधेसका मुद्दाको सवालमा जानकारी गराएको उनले जनाए ।
अन्तरिम संविधानमा रहेका अधिकारहरू समेत वर्तमान संविधानले कटौती गरेकाले संविधान संशोधनको सवालमा लोसपा अडिग रहेको ठाकुरको भनाइ थियो । उनले भने, ‘संविधान संशोधन, मधेसका आन्दोलनकारीमाथि लगाइएको झुठा मुद्दा फिर्ता, नागरिकता समस्या समाधान, समावेशिता लगायतको मुद्दा यथावत नै छ ।’
मधेसी जनतामाथि विभेद कायमै रहेको बताउँदै ठाकुरले सो विभेद अन्त्य नभएसम्म आफूहरुको संघर्ष जारी रहने प्रस्ट पारे । माओवादीले सशस्त्र संघर्ष गरेर सत्तासम्म पुगेको बताउदै उनले माओवादीका कुनै नेतामाथि मुद्दा नचलाउने तर मधेसी जनताले आफ्नो अधिकारका लागि संघर्ष गर्दा दर्जनौँ आन्दोलनकारीमाथि मुद्दा लगाइएको गुनासो गरे । सो पार्टीका वरिष्ठ नेता राजेन्द्र महतोले मधेसको मुद्दा र माग पूरा नहुञ्जेलसम्म आन्दोलन निरन्तर जारी रहने बताए ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
पहिले पार्टीभित्र र त्यसपछि देशका अन्य शक्तिहरूबिच राष्ट्रिय हितका लागि एकता अपरिहार्य : डा. कोइराला
-
शाहिदीद्वारा अफगानिस्तानको एकदिवसीय टोलीको कप्तानीबाट राजीनामा
-
कीर्तिपुर घटना : सुरेशचन्द्र श्रेष्ठले आत्मदाह गरेको अनुसन्धान निष्कर्ष
-
विपक्षीले राष्ट्रियसभामा दर्ता गराए जरुरी सार्वजनिक महत्वको प्रस्ताव
-
मापसे काण्डमा वार्नरले स्वीकारे गल्ती, कप्तान पद सङ्कटमा
-
क्ल्याक्टन उपनिर्वाचन: आरोप, राजीनामा र पुनः जनादेश ?
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण