२०९ ग्राम खैरो हेरोइनसहित ललितपुरबाट ३ युवक पक्राउ
सोमबार, ११ असोज २०७८, २० : ५८
ललितपुरको ललितपुर महानगरपालिका–१४ स्थित बुढाथोकी चोकबाट प्रहरीले खैरो हेरोइनसहित ३ जनालाई पक्राउ गरेको छ । गोरखा घर भएका २८ वर्षीय गणेश अधिकारीसहित ३ जनालाई पक्राउ गरिएको महानगरीय प्रहरी वृत्त सातदोबाटोका डिएसपी दिनेश घिमिरेले रातोपाटीलाई बताए ।
इन्सपेक्टर हरिबहादुर वली नेतृत्वको प्रहरी टोलीले उनीहरुको साथबाट २०९ दशमलव ५७ ग्राम खैरो हेरोइन बरामद गरेको छ । बा. १० च ३३०९ नम्बरको सेतो रंगको कार्गो भ्यानमा सवार युवाहरुले चारवटा सिलबन्दी पोका बनाएर लागु औषध लिएर हिँडेको अवस्थामा प्रहरीले बरामद गरेको हो । आरोपीहरुबारे महानगरीय प्रहरी वृत्त सातदोबाटोले अनुसन्धान गरिरहेको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
'एक्का तीन'को मुख्य अभिनेत्रीमा कविता
-
किन आन्दोलित छन् भक्तपुर क्यान्सर अस्पतालका कर्मचारी ?
-
रियल म्याड्रिडका लागि जब एमबाप्पेले माइकल ओलिसेलाई फकाए
-
विद्युत् निर्यात ६८ प्रतिशतले बढ्दा आयात खर्चमा भारी कटौती, १८ अर्ब ७६ करोडभन्दा बढी खुद व्यापार बचत
-
बागमतीमा गत आर्थिक वर्षमा ४४ सडक पुल निर्माण
-
इरान थप आक्रामक, दबाबमा अमेरिका
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण