४ खेलपछि हैदराबादको पहिलो जीत
इन्डियन प्रिमियर लिग (आईपीएल) मा सोमबार सनराइजर्स हैदराबादले राजस्थान रोयल्सलाई ७ विकेटले पराजित गरेको छ । राजस्थानले जीतका लागि प्रस्तुत गरेको १ सय ६५ रनको लक्ष्य मात्र ३ विकेटको क्षतिमा ९ बल बाँकी छँदै पछ्यायो । पछिल्ला ४ खेलमा हारपछि हैदराबादको यो पहिलो जीत हो । जीतका बावजुद हैदराबाद अंक तालिकाको पुछारमा रहेको छ ।
हैदराबादलाई जीत दिलाउन ओपन जेसन रोय र कप्तान केन विलियमसनले अर्धशतकीय पारी खेले । रोयले मात्र ४२ बलमा ८ चौका र १ छक्काको मद्दतले ६० रन बनाए । विलियमसनले ४१ बलमा ५१ रन बनाए । त्यस्तै, अभिषेक शर्माले २१ रनको योगदान दिए । राजस्थानका लागि मुस्तफिजुर रहमान र महिपाल लोमरोरलले १–१ विकेट लिए ।
यसअघि, टस जितेर पहिलो ब्याटिङ गरेको राजस्थानले निर्धारित २० ओभरमा ५ विकेटको क्षतिमा १६४ रन बनाएको थियो । राजस्थानका लागि कप्तान सञ्जु स्यामसनले सर्वाधिक ८२ रनको योगदान दिए । उनले मात्र ५७ बलमा ७ चौका र ३ छक्का हिर्काए । हैदराबादका लागि सिद्धार्थ कौलले २ विकेट लिए ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
सुदूरपश्चिमका पहाडी जिल्लामा बर्खा लाग्नासाथ बढ्छ दुर्घटनाको जोखिम
-
बाढी–पहिरोका कारण अवरुद्ध छन् यी राजमार्ग (विवरणसहित)
-
हृदयघात भएको पहिलो १० मिनेटमा के गर्ने ?
-
दिनदिनै लौकाको जुस पिउँदा शरीरलाई हुन्छ यस्ता फाइदा
-
अनुहारमा दही लगाउँदा के हुन्छ ?
-
देशभर मनसुनी वायुको प्रभाव, आज यी पाँच प्रदेशमा भारी वर्षाको सम्भावना
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण