रोकिएको कोरोना बीमा दाबी भुक्तानीको लागि आवश्यक प्रक्रिया थालिने

लामो समयदेखि रोकिएको कोरोना बीमा दाबी भुक्तानीको सम्बन्धमा बीमा समितिले आवश्यक प्रक्रिया थाल्ने भएको छ । भुक्तानीका लागि आवश्यक पर्ने स्रोत, साधन र उपाय अबलम्बन गरी आवश्यक प्रक्रिया अघि बढाउने गरी समितिले तयारी गरेको हो । अर्थमन्त्रालयको निर्देशन आएसँगै समितिले गृहकार्य शुरु गरिसकेको समितिका अध्यक्ष सूर्यप्रसाद सिलवालले जानकारी दिए । भुक्तानीको अर्थात् विवरण, स्रोत सुनिश्चितता र भूक्तानीको आवश्यक प्रक्रिया थालनी भएको उनको भनाई छ ।
गत बुधबार अर्थमन्त्री जनार्दन शर्माले कोरोना बीमा बक्यौता भुक्तानीका बारे अध्यक्षसहित बीमा समितिका पदाधिकारीहरूलाई मन्त्रालयमा नै बोलाएर छलफल गरेका थिए । के कारणले अहिलेसम्म बीमकहरुको भुक्तानी रोकिएको हो ? कसरी समाधान गर्न सकिन्छ ? सो बारे छिटोभन्दा छिटो अध्ययन गर्दै निकास खोज्न समितिलाई निर्देशन दिएका थिए । योसँगै समितिले अध्ययन थालनी गरेको हो ।
समितिका अनुसार गत आर्थिक वर्षको अन्तसम्ममा अर्थात् कार्यक्रमको समेत अन्तसम्ममा कुल १७ लाख ५८ हजार ३४३ जना कोरोना बीमा कार्यक्रममा सहभागी भएकोमा सो मध्येबाट १ लाख १४ हजार ६३३ जनाबाट कुल १० अर्ब ९७ करोड ७३ लाख रुपैयाँ बराबरको दाबी भुक्तानी परेको छ । तर, हालसम्म बीमितहरुले ४ अर्ब ८१ करोड १२ लाखको मात्र भुक्तानी पाउन सकेका छन् । बाँकी ६ अर्ब १६ करोड ६१ लाख रुपैयाँ कोभिड प्रभावित बीमितहरुले अझै पाउन सकेका छैनन् ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
गर्मीले उत्पादन घट्दा बजारमा अण्डाको माग बढ्यो, नयाँ मूल्य कति ?
-
बेलायती राजा नेपालको सहयोगका लागि प्रतिबद्ध : राजदूत घिमिरे
-
पाटन संयुक्त क्याम्पसको स्ववियु सभापतिमा नेविसंघका कपाली निर्वाचित
-
डिभी लोटरीको नतिजा प्रकाशित, यसरी हेर्न सकिन्छ
-
सुदूरपश्चिम प्रदेशका मुख्यमन्त्री र उत्तराखण्डका मन्त्रीबिच भेटवार्ता
-
भारतले निर्माण गरिरहेको तटबन्ध रोक्न एमालेले गर्यो सरकारलाई आग्रह