रोकिएको कोरोना बीमा दाबी भुक्तानीको लागि आवश्यक प्रक्रिया थालिने
लामो समयदेखि रोकिएको कोरोना बीमा दाबी भुक्तानीको सम्बन्धमा बीमा समितिले आवश्यक प्रक्रिया थाल्ने भएको छ । भुक्तानीका लागि आवश्यक पर्ने स्रोत, साधन र उपाय अबलम्बन गरी आवश्यक प्रक्रिया अघि बढाउने गरी समितिले तयारी गरेको हो । अर्थमन्त्रालयको निर्देशन आएसँगै समितिले गृहकार्य शुरु गरिसकेको समितिका अध्यक्ष सूर्यप्रसाद सिलवालले जानकारी दिए । भुक्तानीको अर्थात् विवरण, स्रोत सुनिश्चितता र भूक्तानीको आवश्यक प्रक्रिया थालनी भएको उनको भनाई छ ।
गत बुधबार अर्थमन्त्री जनार्दन शर्माले कोरोना बीमा बक्यौता भुक्तानीका बारे अध्यक्षसहित बीमा समितिका पदाधिकारीहरूलाई मन्त्रालयमा नै बोलाएर छलफल गरेका थिए । के कारणले अहिलेसम्म बीमकहरुको भुक्तानी रोकिएको हो ? कसरी समाधान गर्न सकिन्छ ? सो बारे छिटोभन्दा छिटो अध्ययन गर्दै निकास खोज्न समितिलाई निर्देशन दिएका थिए । योसँगै समितिले अध्ययन थालनी गरेको हो ।
समितिका अनुसार गत आर्थिक वर्षको अन्तसम्ममा अर्थात् कार्यक्रमको समेत अन्तसम्ममा कुल १७ लाख ५८ हजार ३४३ जना कोरोना बीमा कार्यक्रममा सहभागी भएकोमा सो मध्येबाट १ लाख १४ हजार ६३३ जनाबाट कुल १० अर्ब ९७ करोड ७३ लाख रुपैयाँ बराबरको दाबी भुक्तानी परेको छ । तर, हालसम्म बीमितहरुले ४ अर्ब ८१ करोड १२ लाखको मात्र भुक्तानी पाउन सकेका छन् । बाँकी ६ अर्ब १६ करोड ६१ लाख रुपैयाँ कोभिड प्रभावित बीमितहरुले अझै पाउन सकेका छैनन् ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
बिपी र कान्तिलोकपथमा राति सवारी चलाउन नपाइने
-
प्याब्सनलगायत निजी विद्यालय संस्थाहरूको पहलपछि ३ प्रतिशत समता शिक्षा शुल्क फिर्ता
-
श्रमिकहरूले पाउने ज्यालाका लागि आवाज उठाइरहन्छु : सांसद कार्की
-
अस्ट्रेलियामा दुर्लभ समान चम्ल्याहा छोरीको जन्म
-
म्याराथनको टिसर्टमा खुम्चिएका बीपी : फेसन कि समाजवाद ?
-
विपक्षी दलहरूले विपद् व्यवस्थापनबारे राष्ट्रियसभामा गृहमन्त्रीको ध्यानाकर्षण प्रस्ताव दर्ता गर्दै
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण