म्याद सकिएका खाद्य सामग्री रिलेबलिङ गर्दै बेच्दै
संघीय राजधानी काठमाडौंमा नै विभिन्न व्यापारीहरूले म्याद सकिएका खाद्य सामग्रीमा रिलेबलिङ गर्दै धमाधम बिक्री वितरण गर्दै आइरहेको पाइएको छ । केही व्यापारीहरूले मानव स्वास्थ्यमाथि नै गम्भीर खेलबाड गर्दै म्याद सकिएका बिस्कुट, चकलेटलगायतका खाद्य सामग्रीहरूमा रिलेबलिङ गर्दै बिक्रीवितरण गरेको पाइएको हो ।
वाणिज्य आपूर्ति तथा उपभोक्ता संरक्षण विभागका अधिकारीले राजधानीका विभिन्न स्थानमा हालै गरेको अनुगमनमा ७ लाख मूल्यबराबरका म्याद सकिएका १२ आइटमका खाद्य सामग्रीहरूमा रिलेबलिङ गरेको पाइएपछि ती सबै सामान बरामद गरिएको छ । विभागका अधिकारीहरूका अनुसार राजधानीका बालाजु, स्वयम्भू, सीतापाइला, क्षेत्रका विभिन्न गोदाममा म्याद सकिएका खाद्य सामग्री ठूलो परिमाणमा लुकाएर राखिएको सूचनाका आधारमा त्यस क्षेत्रमा अनुगमन गरिएको थियो ।
अनुगमनका क्रममा विभागका अधिकारीहरूले ६० लाख मूल्यबराबरका विभिन्न खाद्य सामग्रीको परीक्षण गरेको थियो । अनुगमनका क्रममा ७ लाखबराबरका बिस्कुट, पास्ता, कुकिजको म्याद सकिएको पाइएपछि ती खाद्य वस्तु बरामद गरिएको विभागका निर्देशक तथा प्रवक्ता शिवराज सेढाईले जानकारी दिए । त्यसरी म्याद सकिएको भए पनि व्यापारीहरूले रिलेबलिङ गरी ती खाद्यवस्तु बिक्री वितरणको तयारी गरेको पाइएपछि केही व्यक्तिहरूलाई पक्राउसमेत गरिएको विभागले जनाएको छ । यो समाचार राजधानी दैनिकमा छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
गणेशकी श्रीमतीले काठमाडौँबाटै लिइन् नागरिकता
-
बागलुङ बजारका धारामा दशकौँदेखि धमिलो पानी
-
१० बजे १० समाचार : गणेश नेपालीको परिवारसँग ९ बुँदे सहमति, संविधान संशोधनमा बिच्किए पुराना दल
-
रवि–बालेन भेट : आत्मदाह घटनादेखि सुकुमबासी व्यवस्थापनबारे छलफल
-
फेरान टोरेसको पीएसजी स्थानान्तरण चर्चा
-
भाषा र संस्कृति संरक्षणमा जुट्दै तनहुँका गुरुङ समुदाय
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण