लुम्बिनीका सभामुख घर्तीलाई उत्सर्ग जनसङ्गीत राष्ट्रिय पुरस्कार
लुम्बिनी प्रदेश सभाका सभामुख पूर्णबहादुर घर्ती मगरलाई उत्सर्ग जनसङ्गीत राष्ट्रिय पुरस्कार प्रदान गरिने भएको छ । जनवादी गीतसङ्गीतको माध्यमबाट नेपाली समाजको सांस्कृतिक एवं राजनीतिक रूपान्तरणमा पु¥याएको योगदानको कदर गर्दै सभामुख एवं जनसङ्गीतकार घर्तीलाई पुरस्कार प्रदान गरिएको उत्सर्ग फिल्मस् नेपालका अध्यक्ष केएल पीडितले जानकारी दिएका छन् ।
उनले दाङमा उत्सर्ग सङ्गीत अवार्ड २०७८ सँगै आगामी मङ्सिर ११ गते प्रदान गर्ने बताएका छन् । सभामुख घर्तीलाई ताम्र पत्रसहित २५ हजार राशिको उत्सर्ग जनसङ्गीत राष्ट्रिय पुरस्कार प्रदान गरिने छ । २०४६ सालदेखि शिक्षण पेसा छाडेर राजनीतिमा पूर्णकालीन भएका सभामुख घर्तीले जनयुद्ध भावधाराका सयौँ गीत तथा कविता रचना गरेका छन् भने दर्जनौँ गीतहरूमा सङ्गीत संयोजन गरेका छन् । विभिन्न सांस्कृतिक समूहको नेतृत्व गर्दै सामना सांस्कृतिक परिवारको केन्द्रीय संयोजक समेत बनेका छन् ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
लागुऔषधसहित ३१ जना पक्राउ
-
अनुमतिबिना भारतीय हेलिकोप्टर नेपाली आकाशमा
-
मानसरोवर कैलाशको दर्शन गर्नेको सङ्ख्या बढ्दै
-
प्रेमराजादेखि विश्व दोङसम्म, तीन दिन दरबार रोधीमा लोकसंगीतको उत्सव
-
दुई मन्त्रीलाई छेउमा राखेर बालेनले लेखे– देश बनाउने टोली
-
आवासीय चिकित्सकसँगै इन्टर्नको कार्यअवधि र भत्ता कार्यान्वयन गर्न मेडिकल काउन्सिलको आग्रह
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण