तिमिल्सिनाले ल्याए 'राजाको हात्ती'
मङ्गलबार, १९ असोज २०७८, १४ : ०८
बैंकरसमेत रहेका गीतकार विदुर तिमिल्सिना (देवदूत) ले “राजाको हात्ती“ बोलको गीत बजारमा ल्याएका छन् । आफ्नो पहिलो कोसेली स्वरुप ‘राजाको हात्ती ल्याई सांगीतिक बजारमा आएका हुन् । उनले खाडीका नेपालीहरुको अनुभवलाई गीत मार्फत उतार्ने प्रयास गरेका छन् ।
गीतमा सर्जक तथा गायक दिनेश गौतम र भारतीय गायिका अनु सिंहको स्वर रहेको छ । गीतको भिडियोलाई प्रिन्स डेनियलले निर्देशन गरेका हुन् भने वसन्त अधिकारी भिडियोको एसोसिएट निर्देशक छन् । गीतलाई भिडियोले पनि न्याय गरेको छ । भिडियोमा श्रीमान् श्रीमतीको भूमिकामा मुकुन भुसाल र सृष्टि खड्काले अभिनय गरेका छन्। यस्तै अभिनयमा कलाकार लोकमणी सापकोटा, रचना लामिछाने र शारदा गिरीले साथ दिएका छन् ।
नेपाल बैँकमा अधिकृत रुपमा आफ्नो करियर अघि बढाएका उनले राजाको हात्तीलाई दर्शक श्रोताले मन पराइदिने विश्वास लिए ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
लागुऔषधसहित ३१ जना पक्राउ
-
अनुमतिबिना भारतीय हेलिकोप्टर नेपाली आकाशमा
-
मानसरोवर कैलाशको दर्शन गर्नेको सङ्ख्या बढ्दै
-
प्रेमराजादेखि विश्व दोङसम्म, तीन दिन दरबार रोधीमा लोकसंगीतको उत्सव
-
दुई मन्त्रीलाई छेउमा राखेर बालेनले लेखे– देश बनाउने टोली
-
आवासीय चिकित्सकसँगै इन्टर्नको कार्यअवधि र भत्ता कार्यान्वयन गर्न मेडिकल काउन्सिलको आग्रह
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण