गाई जोगाउन खोज्दा भारतमा ट्रक र पर्यटक बस ठोक्किए, ९ को मृत्यु
बिहीबार, २१ असोज २०७८, ०९ : ५९
भारतको उत्तर प्रदेशको बाराबंकीमा बिहिबार बिहान ठूलो दुर्घटना भएको छ । यहाँ देवा इलाकामा बबुरी गाउँ नजिकै एक पर्यटक बस र ट्रक एकआपसमा ठोक्किएका छन् । दुर्घटनामा ९ यात्रीको घटनास्थलमा नै मृत्यु भयो जबकी २७ जना घाइते छन् । यीमध्ये थुप्रै गम्भीर अवस्थामा रहेकोले मृतकको संख्या पनि बढ्ने आशंका रहेको भारतीय सञ्चार माध्यमले बताएका छन् । बस दिल्लीबाट बहराइच जाँदै थियो । यसमा ६०–७० यात्रु सवार थिए । सडकमा अचानक आएको गाईलाई जोगाउन खोज्दा ट्रक र बस ठोक्किएको भास्कर दैनिकले बताएको छ ।
एसपी यमुना प्रसादले प्रहरी बल दुर्घटनास्थल पुगेर उद्धारकार्य सुरु गरेको जानकारी दिएका छन् । यी दुई गाडी यति बेस्सरी ठोक्किएका थिए कि दुबैको अगाडिको भाग ध्वस्त भएका छन् । स्रोतका अनुसार थुप्रै शव र यात्री गाडीभित्र नराम्रोसँग फसेका थिए । मृतकको सनाखतको प्रयास गरिँदै छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
क्यालिफोर्नियामा स्कुलमा गोलीबारी, ३ जनाको मृत्यु
-
सुकुमबासी बस्तीबाट विस्थापित भेषबहादुर दर्जीको मृत्यु
-
झापामा हुरी र वर्षाले केराखेती नष्ट
-
फिल्म ‘बाः एक योद्धा’ ले सार्वजनिक गर्यो कलाकार
-
कलाकार लुकाएर छायांकन सकेको ‘बाः एक योद्धा’ले सार्वजनिक गर्यो कलाकार
-
सहकारीको प्रयासले फस्टाउँदै दुग्ध व्यवसाय
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण