हाम्रो भागमा मन्त्रालय थोरै भए भनेर असन्तुष्टि छैन : विरोध खतिवडा
बिहीबार, २१ असोज २०७८, १४ : १५
नेकपा एकीकृत समाजवादीका नेता विरोध खतिवडाले सत्ता गठबन्धनको भागबण्डामा आफ्नो पार्टीको भागमा थोरै मन्त्रालय परे भनेर असन्तुष्टि नभएको बताएका छन् । बिहीबार स्थायी कमिटीको बैठकपछि सञ्चारकर्मीसँग कुरा गर्दै खतिवडाले भागबण्डामा थोरै परेको भनेर आफ्नो पार्टीमा असन्तुष्टि नरहेको बताएका हुन् ।
‘सन्तुष्टि, असन्तुष्टि कति भए पुग्छ र ? २५ वटै दिएपनि कुनै पार्टीलाई पुग्दैन । संख्यामा असन्तुष्टि होइन, त्यो त जति भएपनि पुग्दैन’, खतिवडाले मन्त्रालय बढे राम्रो हुन्छ भनेर भन्नु स्वभाविक भएको बताए । उनले मन्त्रालय थोरै भयो भनेर गठबन्धनमा कुनै झगडा नगरेको पनि दावी गरे । बैठकपछि माधव नेपाल सत्ता गठबन्धनको बैठकमा सहभागी हुन बालुवाटार पुगेका छन् ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
बझाङ केन्द्रबिन्दु भएर भूकम्पको धक्का
-
देशभर मनसुनी वायुको प्रभाव, आज यी चार प्रदेशमा भारी वर्षाको सम्भावना
-
कस्तो रहला तपाईँको आजको दिन ? हेर्नुहोस् राशिफल
-
धान रोपाइँमा हराए गोरु र राँगा, बढ्यो ट्याक्टर र पावर टिलरको प्रयोग
-
सुदूरपश्चिम चलचित्रकर्मी सङ्घ गठन
-
काठमाडौँ उपत्यकामा दुर्घटना १९ प्रतिशतले घट्यो
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण