सुर्खेतबाट जुम्ला जाँदै गरेको यात्रु बाहक बस दुर्घटना
शनिबार, २३ असोज २०७८, २१ : ४३
सुर्खेतबाट जुम्ला जाँदै गरेको यात्रु बाहक बस दैलेखमा दुर्घटना भएको छ । कर्णाली राजमार्ग अन्तर्गत दैलेख दुल्लु नगरपालिका–१ दारेभिरमा दुर्घटना भएको हो । दुर्घटनामा परेर एक जनाको मृत्यु भएको दैलेख प्रहरीले बताएको छ ।
मृत्यु हुनेमा अछाम घर भएका भक्तबहादुर शाही रहेको प्रहरीले जनाएको हो । सुर्खेतबाट जुम्ला हिँडेको ना ६ ख ९२२ नम्बरको बस दारेभिर नजिकै अनियन्त्रित भएर शनिबार राती ८ बजेतिर दुर्घटना भएको जिल्ला प्रहरी कार्यालय दैलेखका डीएसपी अनुप श्रेष्ठले जानकारी दिए ।
उनका अनुसार, बसमा ३५ देखि ५० जना यात्रु सवार रहेको बुझिएको छ । उक्त दुर्घटनामा ७ जना सामान्य घाइते भएका छन् । प्रहरी दुर्घटनास्थलमा पुगेर उद्धारको काम सुरु गरेको छ । बस अनियन्त्रित भएर दुर्घटना भएको भनिएपनि खास कारण खुलेको छैन ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
मनसुन अवधिभर विशेष सावधानी अपनाउन प्राधिकरणको आग्रह
-
‘ग्रे लिस्ट’बाट हटाउन सबैको संयुक्त प्रयास आवश्यकः महालेखापरीक्षक राया
-
खैरो हेरोइनसहित दुई महिला पक्राउ
-
बिल बिजक नराख्नेलाई विभागको जरिवाना
-
१२ बजे १२ समाचार: बालेन सरकारको कूटनीतिमाथि विपक्षीको प्रश्न, कोशीमा मुख्यमन्त्री बन्न दौडधुप
-
इरानमाथि पुनः नाकाबन्दी लागू गरेयता ९ जहाजको मार्ग परिवर्तन गराइएको अमेरिकी सेनाको दाबी
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण