डा. उपाध्यायको भजन गीत ‘नवदुर्गा भजन’ सार्वजनिक
आइतबार, २४ असोज २०७८, ०९ : ५०
विश्व कीर्तिमानी गीतकार डा. डीआर उपाध्यायको भजन गीत ‘नवदुर्गा भजन’ सार्वजनिक भएको छ । दशैँको अवसर पारेर सार्वजनिक गरिएको भजनमा सागर अधिकारी ‘शरद’को स्वर तथा संगीत छ । भजन भिडियो सहित सार्वजनिक भएको हो । जसको भिडियो खड्काले निर्देशन गरेका हुन् । भिडियोमा गीतकार उपाध्याय, गायक सागर, सुनिता खनाल लगायतको अभिनय छ । भिडियो सनम तामाङले छायाँकन गरेका हुन् ।
‘दसैँ पर्वलाई असत्यमाथि सत्य र आसुरी शक्तिमाथि दैवी शक्तिको विजयको प्रतीकका रूपमा मनाउने गरिन्छ । घटस्थापनादेखि विजयादशमीसम्मको अवधिलाई नवरात्र पनि भनिन्छ । यस अवसरमा दुर्गादेवीको विशेष आराधना गरिन्छ, यही विशेष समयमा यो दुर्गा भजन सार्वजनिक गरिएको हो’, डा. उपाध्यायले भने ।
गीत सङ्गीत तथा विभिन्न विधामा ५९ विश्व रेकर्ड कायम गरेका उपाध्यायका २४ एल्बम गरेर सायौ गीत बजारमा आएका छन् ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
लागुऔषधसहित ३१ जना पक्राउ
-
अनुमतिबिना भारतीय हेलिकोप्टर नेपाली आकाशमा
-
मानसरोवर कैलाशको दर्शन गर्नेको सङ्ख्या बढ्दै
-
प्रेमराजादेखि विश्व दोङसम्म, तीन दिन दरबार रोधीमा लोकसंगीतको उत्सव
-
दुई मन्त्रीलाई छेउमा राखेर बालेनले लेखे– देश बनाउने टोली
-
आवासीय चिकित्सकसँगै इन्टर्नको कार्यअवधि र भत्ता कार्यान्वयन गर्न मेडिकल काउन्सिलको आग्रह
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण