जन्मदिनको दिन छोरा आर्यनको जमानत याचिका खारेज हुँदा रोइन् गौरी खान, अदालतबाहिरको भिडियो भाइरल
कार्डिएला–द–इम्प्रेस क्रुजमा चलिरहेको हाइप्रोफाइल रेव पार्टीबाट पक्राउ परेपछि नै शाहरुख खानका छोरा आर्यन खान नारर्कोटिक्स कन्ट्रोल ब्यूरोको हिरासतमा छन् । शुक्रबार मुम्बईको अदालतमा आर्यनको जमानत याचिकामा सुनुवाई भएको थियो जसलाई खारेज गरिएको छ । जमानत याचिका खारेज भएपछि अब अदालत बाहिरबाट गौरी खानको एउटा भिडियो भाइरल भइरहेको छ जसमा उनी रोइरहेको देखिएकी छिन् ।
भिडियोमा गौरीले अनुहार ढाकेर रोइरहेको देखिएकी छिन् । गौरीको आँखाबाट लगातार आँसु बगिरहेको थियो जसलाई उनी लुकाउने कोसिस गरिरहेकी छिन् । यो भिडियो ८ अक्टोबरको हो जुन दिन गौरीको जन्मदिन पनि थियो ।
आर्यनको समर्थनमा उत्रिए प्रशंसकः
गौरीको रोइरहेको भिडियो सार्वजनिक भएपछि शाहरुख खानका प्रशंसकले कमेन्ट गरेर उनीहरुको हौसल बढाइरहेका छन् । यस्तै अर्कोतर्फ .... पनि सोसल मिडियामा ट्रेन्ड भइरहेको छ ।
जुन दिन जमानत याचिका खारेज भयो, त्यस दिन ५१ वर्षकी भइन् गौरीः
८ अक्टोबरमा गौरी खान ५१ वर्ष पूरा भइन् । गौरीको जन्मदिनको मौकामा फराह खान, जोया अख्तर, सुहाना खानजस्ता थुप्रै सेलिब्रिटीले उनलाई जन्मदिनमा बधाई दिएका छन् ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठानमा गुनासो सुन्न सुरु
-
बालेन सरकारविरुद्ध चार वाम एक ठाउँमा, प्रचण्डले सुनाए घेराबन्दीको सूत्र !
-
१ दशमलव ५ गुणाले बढ्यो इरानको तेल आम्दानी
-
प्रधानमन्त्री समक्ष व्यवसायीको गुनासो : ‘कच्चा पदार्थ बाहिरिँदा स्वदेशी प्लाइउड उद्योग संकटमा’
-
प्रहरीले तयार पार्यो अपराध गर्न सक्ने १८ सय ७१ जनाको क्रिमिनल प्रोफाइल
-
नयाँ प्रणालीबाट ८ हजारभन्दा बढी राहदानी छापियो, प्राविधिक समस्या समाधान भइरहेको दाबी
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण