‘सुन प्रिय’ मा उषा र आशिषको अभिनय
सोमबार, २५ असोज २०७८, १६ : २३
गायक सन्जिव पुडासैनी र गायिका मेलिना राईको स्वरमा रहेको सुन प्रिय बोलको गीतको भिडियो सार्वजनिक भएको छ ।वैँशालु उमेरमा जाने र नजानेर प्रेममा पर्नेहरुको कथामा पछिल्लो पुस्ताकी लोकप्रिय मोडल उषा उप्रेतीका साथमा आशिष पाण्डे, बिनु गुरुङ र नवराज बस्नेतले गज्जबको अभिनय गरेका छन् ।
रुमु न्यौपाने र अमृत भुजेलको शब्द शृजना रहेको सुन प्रियमा गायक सन्जिव स्वयंकै संगीत सृजना रहेको छ । जसको एरेन्ज र मिक्सिङ एण्ड मास्टरिङ शैलेन्द्र मान प्रधान (बाबु) ले गरेका हुन् । सोभित मगर र प्रिन्स राईको कोरियोग्राफी रहेको गीतको छायांकन र सम्पादन र निर्देशन पनि फराज अर्पणले गरेका हुन् ।
भिडियोको सह निर्देशन विशाल थापाले गरेका हुन् । हेर्नुहोस्, गायक सन्जिव पुडासैनीको आफ्नै च्यानलबाट बजारमा आएको माया प्रेम र रोमान्सले भरिएको यो रमाइलो भिडियोः
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
लागुऔषधसहित ३१ जना पक्राउ
-
अनुमतिबिना भारतीय हेलिकोप्टर नेपाली आकाशमा
-
मानसरोवर कैलाशको दर्शन गर्नेको सङ्ख्या बढ्दै
-
प्रेमराजादेखि विश्व दोङसम्म, तीन दिन दरबार रोधीमा लोकसंगीतको उत्सव
-
दुई मन्त्रीलाई छेउमा राखेर बालेनले लेखे– देश बनाउने टोली
-
आवासीय चिकित्सकसँगै इन्टर्नको कार्यअवधि र भत्ता कार्यान्वयन गर्न मेडिकल काउन्सिलको आग्रह
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण