लडेर गम्भीर घाइते भएका एक जनाको हेलिकोप्टरद्वारा उद्धार
मङ्गलबार, २६ असोज २०७८, १२ : ५२
दक्षिणी रसुवाको ठूलो गाउँस्थित भूमेस्थान इलाका क्षेत्रमा लडेर गम्भिर घाइते भएका एक व्यक्तिको उद्धार गरी उपचारको लागि काठमाडौँ लगिएको छ । नुवाकोट जिल्ला किस्पाङ गाउँपालिका–५ गोगने घर भई हाल रसुवा उत्तरगया गाउँपालिका–३ ठूलोगाउँमा पसल व्यवसाय गर्ने ४० वर्षका नारायणबहादुर ढुङ्गेल लडेर घाइते भएका थिए। टाउकोमा गम्भीर चोट लागेर अचेत अवस्थामा भेटेपछि उपचारको लागि कैलाश एयरको हेलिकोप्टरद्वारा काठमाडौँ पठाइएको डाँडागाउँ प्रहरी चौकीले जनाएको छ ।
उनलाई घाँस काट्नेले भेटेपछि उद्वार गरिएको र घटनाको बारेमा अनुसन्धान भइरहेको प्रहरी प्रमुख देवेन्द्र पाण्डेले बताए ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
प्यारामाउन्ट–वार्नर ब्रदर्स विलय सम्झौतामाथि अमेरिकी अदालतले लगायो अस्थायी रोक
-
यी हुन् मिर्गौला क्यान्सरका संकेत
-
पक्षपातको आरोपबारे अर्जेन्टिनी मिडफिल्डर भन्छन्, ‘हाम्रो मुस्कानले उनीहरूलाई बिझाउँछ’
-
राजधानीको कीर्तिपुरमा कारमा एक्कासि आगो लाग्यो, चालकको मृत्यु
-
रक्षा आपूर्ति शृङ्खला मजबुत बनाउन ट्रम्पको नयाँ आदेश, घरेलु उत्पादनमा जोड
-
आगामी दुई दिन भारी वर्षाको सम्भावना छैन: मौसम विभाग
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण