लोकसेवा आयोगलाई गाली गर्ने युवक एक वर्ष कालोसूचीमा
आइतबार, ३१ असोज २०७८, ०९ : ४२
प्रदेश २ को लोकसेवा आयोगलाई गालीगलौज गरेको भन्दै एक युवक कालोसूचीमा परेका छन् । प्रदेश लोकसेवा आयोगलाई तथानाम गालीगलौज गर्दै आयोगको इमेलमा प्रतिक्रिया दिएपछि महोत्तरी एकडाडा गाउँपालिका स्थित बथनाहाका प्रनित कुमार झा एक वर्षका लागि कालोसूचिमा परेका हुन् ।
कर्मचारी भर्नाको लागि आयोगले गरेको विज्ञापनमा अनलाइन मार्फत प्रनित कुमार झाले दरखास्त दिएका थिए । उनले अनलाइन फारम भर्ने क्रममा कुनै पनि प्रमाणपत्र पेस गरेका थिएनन् । प्रमाण अपुग रहेको भन्दै आयोगले इमेलमार्फत् जवाफ माग गरेको थियो । तर उनले आयोगको इमेलको जवाफ दिनुको साटो अपशब्द गालीगलौज गरेको प्रदेश लोकसेवा आयोगले जनाएको छ । असोज ६ मा पत्रिकामा सूचना प्रकाशन गरी उनलाई कालोसूचिमा राखेर कारबाही गरेको जनाएको छ ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
सुदूरपश्चिमका पहाडी जिल्लामा बर्खा लाग्नासाथ बढ्छ दुर्घटनाको जोखिम
-
बाढी–पहिरोका कारण अवरुद्ध छन् यी राजमार्ग (विवरणसहित)
-
हृदयघात भएको पहिलो १० मिनेटमा के गर्ने ?
-
दिनदिनै लौकाको जुस पिउँदा शरीरलाई हुन्छ यस्ता फाइदा
-
अनुहारमा दही लगाउँदा के हुन्छ ?
-
देशभर मनसुनी वायुको प्रभाव, आज यी पाँच प्रदेशमा भारी वर्षाको सम्भावना
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण