म्युजिक भिडियोमा बोल्ड साम्राज्ञी
सोमबार, ०१ कात्तिक २०७८, १९ : ३८
काठमाडौँ । पछिल्लो समयकी हिट अभिनेत्री साम्राज्ञी राज्यलक्ष्मी शाह पनि म्युजिक भिडियोमा धमाधम देखिन थालेकी छन् । केही अगाडि ‘माया प्रेम’ बोलको गीतमा देखिएकी साम्राज्ञी अभिनीत अर्को म्युजिक भिडियो ‘प्रभाव’ सार्वजनिक भएको छ । दसैँको अवसर पारेर सार्वजनिक भिडियोमा साम्राज्ञीको बोल्ड अन्दाज देख्न सकिन्छ ।
प्रकाश विक्रम थापाको शब्द, संगीत र स्वर रहेको गीतमा संगीत संयोजन सुरज शर्माले गरेका हुन् । शेखरराज खशजुको निर्देशन रहेको भिडियोमा साम्राज्ञीलाई अभिनयमा जोडीको रूपमा साथ विवेक खड्काले दिएका छन् । इन्डोर दृश्यले प्राथमिकता पाएको भिडियो सुशन मगरको छायाँकन, प्रवीण श्रेष्ठको सम्पादन छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
लागुऔषधसहित ३१ जना पक्राउ
-
अनुमतिबिना भारतीय हेलिकोप्टर नेपाली आकाशमा
-
मानसरोवर कैलाशको दर्शन गर्नेको सङ्ख्या बढ्दै
-
प्रेमराजादेखि विश्व दोङसम्म, तीन दिन दरबार रोधीमा लोकसंगीतको उत्सव
-
दुई मन्त्रीलाई छेउमा राखेर बालेनले लेखे– देश बनाउने टोली
-
आवासीय चिकित्सकसँगै इन्टर्नको कार्यअवधि र भत्ता कार्यान्वयन गर्न मेडिकल काउन्सिलको आग्रह
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण