सुदीपको गीत ‘म हिँडे घर..’ सार्वजनिक
विदेशमा रहेका नेपालीहरुले चाडपर्वमा आफ्नो घर सम्झिएको भावनात्मक यथार्थले भरिएको गीत ‘म हिँडे घर..’ सार्वजनिक गरिएको छ । गायक सुदीप श्रेष्ठ ‘साम’ को स्वर रहेको गीतमा संगीत पनि उनकै रहेको छ ।
गायक सुदीप र मन्दिरा जोशीको शब्द रहेको गीत बाध्यतावश आफ्नो घरबाट टाढा रहि सुनौलो भविष्यको लागि संघर्ष गर्दै घर फर्कने दिनको प्रतिक्षामा रहेका प्रति समर्पित गरिएको गायक सुदीपले बताए ।
गीतको भिडियोमा सुवास महर्जन र जेस् भट्टराईको अभिनय देख्न सकिन्छ । रेलोनले संगीत संयोजन गरेको गीतको भिडियो गायक सुदीपले सुशील घिमिरे र रतिस तुलाधरसँग मिलेर निर्देशन गरेका हुन् ।
डेनमार्कको कोपेनहेगन र आसपासका स्थानमा छायाँकन भएको भिडियोमा सुशील घिमिरे र रतिस तुलाधरको छायाँकन रहेको छ । झापा घर भएका सुदीपले सन् २००२ मा ‘अनुरोध तिमीलाई’ बोलको गीत सार्वजनिक गर्दै गायन यात्रा प्रारम्भ गरेका थिए ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
लागुऔषधसहित ३१ जना पक्राउ
-
अनुमतिबिना भारतीय हेलिकोप्टर नेपाली आकाशमा
-
मानसरोवर कैलाशको दर्शन गर्नेको सङ्ख्या बढ्दै
-
प्रेमराजादेखि विश्व दोङसम्म, तीन दिन दरबार रोधीमा लोकसंगीतको उत्सव
-
दुई मन्त्रीलाई छेउमा राखेर बालेनले लेखे– देश बनाउने टोली
-
आवासीय चिकित्सकसँगै इन्टर्नको कार्यअवधि र भत्ता कार्यान्वयन गर्न मेडिकल काउन्सिलको आग्रह
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण