‘तिम्ले माया मारी गयौ’ मा उषा र कमलको प्रेम पीडा
बिहीबार, ०४ कात्तिक २०७८, १२ : ५२
अमेरिका निवासी गीतकार बिष्णु निरौलाको शब्द, गायिका अस्मिता अधिकारीको स्वर रहेको गीत ‘तिम्ले माया मारी गयौ’ सार्वजनिक भएको छ । प्रेम पीडाका शब्दले भरिएको गीतमा राजेश थापाको संगीत छ । गीतको भिडियोमा त्रिकोणात्मक प्रेम र प्रेममा धोकाको कथा बुनिएको छ ।
उषा उप्रेती, कमल सिंह, कुसुम गोथाने, विपना सुवेदीको अभिनय भिडियोमा देख्न सकिन्छ । सुजन श्रेष्ठको छायाँकन, सिलन लम्सालको सम्पादन रहेको भिडियो मुनाल शिशिर कोइरालाले निर्देशन गरेका हुन् । योङ माइन्डस् इन्टरटेनमेन्टले निर्माण गरेको भिडियोको विकल्प क्रियशनले आफ्नो युट्युवबाट सार्वजनिक गरेको हो ।
भिडियोको कथा सस्पेन्समा छोडिएको छ । यो गीतको छिट्टै नितिन गजुरेलको स्वरमा मेल भर्सन आउने र उक्त भिडियोको सस्पेन्स सो गीतको भिडियोले खोल्ने निर्देशक कोइरालाले बताए ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
लागुऔषधसहित ३१ जना पक्राउ
-
अनुमतिबिना भारतीय हेलिकोप्टर नेपाली आकाशमा
-
मानसरोवर कैलाशको दर्शन गर्नेको सङ्ख्या बढ्दै
-
प्रेमराजादेखि विश्व दोङसम्म, तीन दिन दरबार रोधीमा लोकसंगीतको उत्सव
-
दुई मन्त्रीलाई छेउमा राखेर बालेनले लेखे– देश बनाउने टोली
-
आवासीय चिकित्सकसँगै इन्टर्नको कार्यअवधि र भत्ता कार्यान्वयन गर्न मेडिकल काउन्सिलको आग्रह
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण