लोकतान्त्रिक भन्ने काँग्रेसले नै महाधिवेशन गर्न सकेन : ओली
शनिबार, ०६ कात्तिक २०७८, ०६ : ००
नेकपा एमाले अध्यक्ष केपी शर्मा ओलीले काँग्रेसले १४ औँ महाधिवेशन नगर्न असफल भएको बताएका छन् । शनिबार पार्टीको वडास्तरीय अधिवेशनको उद्घाटन गर्दै उनले लोकतान्त्रिक भन्ने पार्टी काँग्रेस अधिवेशन गर्न असफल भएको बताए ।
काँग्रेसको नाम नलिई ओलीले भने, ‘केही आफूलाई लोकतान्त्रिक पार्टी भन्नेहरूले महाधिवेशन गर्न नसकेर अल्झिएको अवस्था छ । पार्टी विधान र नेपालको संविधानले दिएको समयमा पनि महाधिवेशन गर्न असफल भएका छन् ।’
साढे पाँच वर्षभित्र पनि अधिवेशन गर्न नसकेर थप ६ महिनामा पनि अधिवेशन गर्न नसकिएको ओलीको भनाइ छ । ‘१३ जिल्लामा अझै वडा अधिवेशन समेत हुन सकेको छैन । तर हामीले एकै पटक अधिवेशन सम्पन्न गर्दै छौँ,’ उनले भने ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
चार वर्षमा ६ पटक सरकार गठन, सातौं कसरतमा कांग्रेस, एमाले र नेकपा
-
एमालेको सदस्यता नवीकरण करिब ४० प्रतिशत मात्र
-
नेपाल वायुसेवा निगमको कार्यकारी अध्यक्ष नियुक्तिविरुद्ध सर्वोच्चमा रिट दर्ता
-
सांसदहरूलाई स्वकीय सचिव राख्न दिन ऐन परिमार्जन
-
५ निकायलाई खाली राखेर ५ सचिवलाई राखियो जगेडामा
-
त्रिवि पाठ्यक्रम विकास केन्द्रबाट समकक्षता निर्धारण कार्य बन्द
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण