शाहिदकी श्रीमतीले शट्स लगाउँदा भइन् ट्रोल, प्रयोगकर्ताले भने, ‘पाइन्ट लगाउन बिर्सियौ कि ?’
शाहिद कपुरकी श्रीमती मीरा राजपूत मालदिभ्समा निकै मस्ती गरिरहेकी छिन् । यहाँबाट आइरहेका उनका ग्ल्यामरस तस्बिरलाई प्रशंसकले अत्यधिक तारिफ गरिरहेका छन् । अब उनी मुम्बई फिर्ता भइसकेकी छिन् । तर यसैबीच उनको एयरपोर्ट लुक्सले मानिसहरुको ध्यान आकर्षित गरेको छ । शट्समा मीरा राजपूतलाई देखेर मानिसहरुले उनलाई ट्रोल गरिरहेका छन् ।
शुक्रबार मीरा आफ्नो परिवारसँग विमानस्थलमा देखिइन् । एयरपोर्टमा मीरा र शाहिद दुबैले कालो रङको पहिरन लगाएका थिए । जहाँ शाहिदले कालो स्वेटशर्ट र पाइन्ट लगाएका थिए भने मीराले कालो ज्याकेटसँग शट्स लगाएकी थिइन् । शट्स लगाएका कारण मानिसहरुले मीरा राजपूतलाई ट्रोल गरिरहेका छन् ।
विमानस्थलबाट मीरा र शाहिदको एउटा भिडियो भाइरल भइरहेको छ जसमा प्रयोगकर्ताले अत्यधिक कमेन्ट गरिरहेका छन् । एक प्रयोगकर्ताले लेखे, ‘बच्चाले पूरा कपडाले लगाएका छन् तर आमाले केहि पनि छैन ।’ अर्काले लेखेका छन्, ‘के यी सबै स्टार्स यस्तै खालका कपडामा यात्रा गर्छन् ?’ अर्का एक प्रयोगकर्ताले लेखे, ‘उनले पाइन्ट लगाउन बिर्सिइन्.... यति खराब फेशन ड्रेसिङ सेन्स ।’
अन्य कमेन्ट पनि गरिएका छन् । एक प्रयोगकर्ताले अचम्मित हुँदै लेखेका छन्, ‘वाह, कस्तो जमाना आयो । ’ अर्काले लेखे, ‘मीरालाई लाग्छ कि उनी निकै ठूलै स्टार हुन् ।’ साथै अर्काले लेखे, ‘यो शाहिदकी मीरा पागल भएकी छिन्, के लगाइरहेकी छिन्, थाहा नै छैन ।’
यसअघि पनि मीरा अन्य कारणले थुप्रै पटक ट्रोलर्सको निशानामा आउने गरेकी छिन् ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
कस्तो रहला तपाईँको यो साता ? हेर्नुहोस् साप्ताहिक राशिफल
-
मैत्रीपूर्ण खेलमा जर्मनीको जित, अमेरिका २–१ गोल अन्तरले पराजित
-
सिरदली–चौडेनी सडक स्तरोन्नति
-
मैत्रीपूर्ण खेलमा पोर्चुगलद्वारा चिली पराजित
-
बाढीले अवरुद्ध दिक्तेल–चखेवाभञ्ज्याङ सडक सञ्चालनमा
-
फलहरूको राजा आँप: मधुमेहका बिरामीले खान मिल्छ कि मिल्दैन ? यस्ता छन् फाइदा र खानुपर्ने सही तरिका
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण