विपिनको अभिनयमा ‘परदेशी आयो’
आइतबार, ०७ कात्तिक २०७८, १६ : ४०
विपिन कार्की अभिनित म्युजिक भिडियो ‘परदेशी आयो’ सार्वजनिक भएको छ । केतन क्षेत्रीको स्वर रहेको यो गीतमा विपिनको मन छुने अभिनय छ ।
पैसा कमाउन देश बाहिर रहेका एक युवाको कथा दर्साइएको गीतको भिडियोमा श्रीमती, दुई लालाबाला सन्तान र बाबुआमा छोडेर विदेशिएका ब्यक्तिको कथा बुनिएको छ ।
प्रकाश सापकोटाको शब्द, सुवास भुसालको संगीत रहेको गीतको भिडियो देवेन्द्र नेपालले निर्देशन गरेका हुन् । भिडियोमा विपिनको अलवा कविता न्यौपाने, सुरविर पण्डित, शर्मिला शर्मा लगायतको अभिनय छ । दिपेश उपाध्याय र दिप्सन डंगोलको छायांकन रहेको भिडियो विकास दाहालले सम्पादन गरेका हुन् ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
लागुऔषधसहित ३१ जना पक्राउ
-
अनुमतिबिना भारतीय हेलिकोप्टर नेपाली आकाशमा
-
मानसरोवर कैलाशको दर्शन गर्नेको सङ्ख्या बढ्दै
-
प्रेमराजादेखि विश्व दोङसम्म, तीन दिन दरबार रोधीमा लोकसंगीतको उत्सव
-
दुई मन्त्रीलाई छेउमा राखेर बालेनले लेखे– देश बनाउने टोली
-
आवासीय चिकित्सकसँगै इन्टर्नको कार्यअवधि र भत्ता कार्यान्वयन गर्न मेडिकल काउन्सिलको आग्रह
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण