पाँचथर दुर्घटना : मृतकको संख्या ४ पुग्यो, घाइतेको उद्दारका लागि सेनाको हेलिकप्टर जाँदै (अपडेट)
पूर्वी पहाडी जिल्ला पाँचथरमा भएको यात्रुबाहक बस दुर्घटनामा परी मृत्यु हुनेको संख्या ४ पुगेको छ । मृतकमध्ये ३ जनाको पहिचान खुलेको छ । पहिचान खुल्नेमा मोरङ लेटाङका ७ वर्षीय प्रज्वल मगर, इलामकी ३४ वर्षीय प्रमिला देवान र उनका ७ महिनाका छोरा निश्चल देवान रहेका छन्। एक महिलाको सनाखत हुन बाँकी रहेको जिल्ला प्रहरी कार्यलय पाँचथरका प्रहरी प्रमुख डिएसपी धनबहादुर थापाले जानकारी दिए ।
१२ जना घाइतेलाई उपचारका लागि झापा पठाइएको प्रहरीले जनाएको छ । ७ वर्षीय प्रज्वल मगरको पाथीभरा अस्पताल, इलाम बस्ने ३४ बर्षीया प्रमिला देवानको जिल्ला अस्पताल र उनका ७ महिने छोरा निश्चल देवान र पहिचान हुन नसकेकी महिलाको समर्पित अस्पताल पाँचथरमा मृत्यु भएको हो ।
घाइते अन्यको उद्दारका लागि नेपाली सेनाको एम आइ १७ हेलिकप्टर पठाइएको बताइएको छ । गृहमन्त्री बालकृष्ण खाणको निर्देशनमा हेलिकप्टर पठाइएको मन्त्रालयका सूचना अधिकारी दिलकुमार तामाङले जानकारी दिए ।
सोमबार पाँचथरको सविखोलाबाट फिदिम आउँदै गरेको को १ ख ३८६५ नम्बर को बस सरखण्डेमा दुर्घटना भएको थियो । घटनामा ६० जनाभन्दा बढी घाइते भएका र उनीहरुमध्ये १९ जनाको अवस्था गम्भिर रहेको प्रहरीको भनाई छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
'एक्का तीन'को मुख्य अभिनेत्रीमा कविता
-
किन आन्दोलित छन् भक्तपुर क्यान्सर अस्पतालका कर्मचारी ?
-
रियल म्याड्रिडका लागि जब एमबाप्पेले माइकल ओलिसेलाई फकाए
-
विद्युत् निर्यात ६८ प्रतिशतले बढ्दा आयात खर्चमा भारी कटौती, १८ अर्ब ७६ करोडभन्दा बढी खुद व्यापार बचत
-
बागमतीमा गत आर्थिक वर्षमा ४४ सडक पुल निर्माण
-
इरान थप आक्रामक, दबाबमा अमेरिका
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण