मुखभित्र देखिने यस्ता लक्षण ‘हर्ट अट्याक’ को संकेत
हृदयघातका कारणहरु उच्च रक्तचाप, उच्च कालेस्ट्रोल, जेनेटिक डिसअर्डर र बढ्दो उमेर आदि हुन् । तर, कार्डियोभास्कुलर डिजिजका केही संकेतहरुलाई भने मानिसहरुले ध्यान नै दिएका हुँदैनन् । एक अध्ययनका अनुसार मुखभित्र देखिने केही लक्षणले हृदयघातको संकेत गर्छ । फोरसिथ इन्स्टिट्युट र हारवर्ड युनिभर्सिटीका वैज्ञानिकले गरेको अनुसन्धान कंडस्ट जर्नल अफ पीरियोडोन्टलमा छापिएको छ । जसमा पीरियडोन्टाइटिस समस्या भएका व्यक्तिहरुलाई मुटुसँग सम्बन्धीत रोग लाग्ने जोखिम धेरै हुन्छ । डाक्टरका अनुसार गिजा र धमनी सुन्निनुबीच बलियो सम्बन्ध रहेको पाइयो । जुन स्ट्रोक, हर्ट अट्याक र मुटु रोगसँग सम्बन्धित बिरामीको कारण भएको पत्ता लाग्यो ।
यस अनुसन्धानमा ३०४ जना सहभागी थिए । सुरुवातमा यी व्यक्तिहरुको धमनी र गिजाको परीक्षण गरियो । त्यसपछि ४ वर्षपछि पनि सोही परीक्षण गर्दा १३ जनामा मुटुरोग भएको पत्ता लाग्यो । यस अनुसन्धानका अनुसार धमनी र गिजामा समस्या हुनेहरुमा मुटुरोग हुने पाइयो ।
अनुसन्धानकर्ताका अनुसार पीरियोडोन्टल डिजिजभन्दा पहिला जो व्यक्तिहरुमा हड्डीसँग जोडिएका समस्या थिए ति व्यक्तिहरुलाई मुटु रोगको खतरा कम थियो । तर जसको गिजा सुन्निने समस्या थियो तिनीहरुमा मुटुरोगको समस्या देखियो ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
गोविन्द केसी फेरि किन बसे अनसनमा ?
-
एक वर्षमा नेपालको कुल वैदेशिक व्यापार २४ खर्ब नाघ्यो
-
सत्ताका लागि बीपीको मेलमिलाप नीति मिचियो, अब गाली होइन विवेकको राजनीति गरौँ : भीष्मराज आङ्देम्बे
-
सर्वोच्चको परमादेशः काठमाडौँको फोहोर व्यवस्थापनमा गर्न मुख्यसचिवको नेतृत्वमा समिति गठन गर्नू
-
नेप्सेमा १४.१७ अंकको वृद्धि, ४ अर्ब ६९ करोडको कारोबार
-
रिहापछि पहिलोपटक सार्वजनिक कार्यक्रममा देखिए विष्णु पौडेल
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण