परेश रावलले १२ वर्ष कुरेर आफ्नै बोसकी छोरीसँग गरेका थिए विवाह
आफ्नो दमदार अभिनयका लागि चर्चित परेश रापलले पहिलो पटक आफ्नो प्रेम कहानीबारे खुलासा गरेका छन् । परेश रावलले एक अन्तरवार्तामा स्वरुप सम्पतलाई विवाहका लागि कसरी प्रस्ताव राखेका थिए भनेर जानकारी दिएका छन् । एक भारतीय सञ्चार माध्यमसँगको कुराकानीमा उनले भने, ‘मैले आफ्नो एकजना साथीलाई आफूले स्वरुपसँग विवाह गर्न चाहेको बताएको थिएँ । त्यसको ठिक १२ वर्ष पछि मैले ती युवतीसँग विवाह गरेँ ।’
स्मरण रहोस्, परेश रावल र स्वरुप सम्पतले सन् १९८७ मा विवाह गरेका थिए । पूर्व अभिनेत्री स्वरुप सम्पतले सन् १९७९ मा मिस इन्डियाको उपाधि जितेकी थिइन् । परेश र स्वरुपका दुई छोरा आदित्य र अनिरुद्ध छन् । ’ आफ्नो नयाँ साक्षात्कारमा रावलले भने, ‘मैले सोचिसकेकी थिएँ कि यो युवती नै मेरी श्रीमती बन्नेछिन् । त्यतिबेला मेरा साथी महेन्द्र जोशी मसँग थिए ।’
परेशका अनुसार त्यतिबेला उनका साथीले उनलाई भनेका थिए, ‘तँलाई थाहा छ, तँ जुन कम्पनीमा काम गरिरहेको छस्, त्यो कम्पनीका बोसकी छोरी हुन् उनी । ’ त्यसपछि उनले जवाफ फर्काएका थिए, ‘कसैको छोरी होस्, बहिनी होस्, आमा होस्, म उनीसँगै विवाह गर्नेछु ।’
परेशका अनुसार उनले त्यसपछि स्वरुपलाई भनेका थिए, ‘म तिमीलाई विवाह गर्न चाहन्छु तर मलाई यो नभन कि ‘सुरुमा एक अर्कालाई बुझौँ’, किनभने मर्ने बेलासम्म कसैले कसैलाई चिन्न सक्दैन ।’
उनका अनुसार यसो भनेको १२ वर्षपछि उनीहरुले विवाह गरे । स्मरण रहोस्, परेश रावल अभिषेक जैनको फिल्म हम दो हमारे दोमा देखिनेछन् । फिल्ममा उनीसँग राजकुमार राव र कृति सेनन एवं रत्ना पाठक शाह पनि छन् ।
यस्तै। स्वरुप पनि फिल्म इन्डष्ट्रिसँग जोडिएकी छिन् । स्वरुपले कमेडी टिभी शो ‘ये जो है जिन्दगी’ मा काम गरेका थिए । यसलाई दर्शकले असाध्यै रुचाएका थिए । उनले सन् १९८४ मा रिलिज भएको फिल्म ‘करिश्मा’ मा पनि काम गरेकी थिइन् । यसमा उनी कमल हासन र रीना रोयसँग देखिएकी थिइन् । स्वरुपले फिल्ममा बिकिनी सीन पनि दिएकी थिइन् । यसबाहेक स्वरुपले नरम गरम (१९८१), हिम्मतवाला (१९८३), साथिया (२००२), सप्तपदी (२०१३) र की एन्ड का (२०१६) जस्ता फिल्ममा काम गरेकी छिन् ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठानमा गुनासो सुन्न सुरु
-
बालेन सरकारविरुद्ध चार वाम एक ठाउँमा, प्रचण्डले सुनाए घेराबन्दीको सूत्र !
-
१ दशमलव ५ गुणाले बढ्यो इरानको तेल आम्दानी
-
प्रधानमन्त्री समक्ष व्यवसायीको गुनासो : ‘कच्चा पदार्थ बाहिरिँदा स्वदेशी प्लाइउड उद्योग संकटमा’
-
प्रहरीले तयार पार्यो अपराध गर्न सक्ने १८ सय ७१ जनाको क्रिमिनल प्रोफाइल
-
नयाँ प्रणालीबाट ८ हजारभन्दा बढी राहदानी छापियो, प्राविधिक समस्या समाधान भइरहेको दाबी
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण