पोखरामा स्कुल बसबाट खसेर एक विद्यार्थीको मृत्यु
बुधबार, १० कात्तिक २०७८, २० : ५७
पोखरामा स्कुल बसबाट खसेर एक विद्यार्थीको मृत्यु भएको छ । पोखराको हेमजास्थित ज्ञानसागर एकेडेमी स्कूल बसबाट खसेर गम्भिर घाइते भएका विद्यार्थीको उपचारका क्रममा मृत्यु भएको हो । ज्ञानसागर एकेडेमी स्कूलको ना १ क २३७३ नम्बरको बसको ढोकाबाट खसेर गम्भिर घाइते भएका युकेजीमा अध्ययनरत ८ वर्षीय विद्यार्थी रोमन तामाङको उपचारका क्रममा मृत्यु भएको जिल्ला प्रहरी कार्यलय कास्कीका डिएसपी एवं प्रवक्ता सुवास हमालले जानकारी दिए ।
उनका अनुसार दुर्घटनामा परी टाउको र शरीरका विभिन्न भागमा चोट लागेका तामाङको उपचार क्रममा मणिपाल शिक्षण अस्पतालमा मृत्यु भएको हो । प्रहरीले धादिङ गंगाजमुना गाउँपालिका–६ घर भएका ४७ वर्षीय बस चालक सानो कान्छा थापालाई पक्राउ गरेको छ । चालकलाई सवारी ज्यान मुद्दामा जिल्ला अदालतबाट ७ दिनको म्याद थप गरी अनुसन्धान भइरहेको डिएसपी हमालले बताए ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
ज्येष्ठ नागरिकको हेरचाह र अधिकारका लागि अलग्गै संरचना बनाउनुपर्छ : न्यायाधीश फुयाँल
-
‘मरुभूमिको जहाज’ जलवायु परिवर्तनको मारमा
-
फुटतर्फ उन्मुख हुँदै कांग्रेस, सकसमा सभापति थापा
-
त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट ८ किलो थाई गाँजासहित दुई भारतीय महिला पक्राउ
-
काठमाडौँमा सरुवा रोगको महामारी फैलिने उच्च जोखिम (तस्बिरसहित)
-
संसार एआई युगमा प्रवेश गरिसक्यो, कसैले चाहेर पनि यो रोकिँदैन
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण