बहराइनमा ३ देखि ११ वर्ष समूहलाई सिनोफार्म खोप लगाउन अनुमति
बहराइनमा ३ वर्षदेखि ११ वर्ष समूहका बालबालिकालाई पनि सिनोफार्म खोप लगाउन अनुमति दिइएको छ । बहराइनका स्वास्थ्य अधिकारीहरूले देशभरका सो उमेर समूहका बालबालिकाहरूलाई खोप लगाउनु उपयुक्त हुने निष्कर्ष निकालेका हुन् ।
बालबालिकाहरूलाई खोप लगाउने बारेमा मङ्गलबार निर्णय भएको र बुधबारदेखि फाराम भर्न पाइने व्यवस्थासमेत गरिएको अधिकारीहरूले जनाएका छन् । स्वास्थ्य क्षेत्रका विज्ञ तथा सरोकारवालाहरुको सिफारिसका आधारमा आफुहरुले बालबालिकालाई पनि खोप लगाउने प्रक्रिया सुरु गरेको सरकारी स्वास्थ्य अधिकारीहरुको भनाइ छ ।
बालबालिकालाई खोप लगाउनेसम्वन्धी निर्णयको विस्तृत विवरण भने स्वास्थ्य मन्त्रालयको वेभसाइट राखिएको उनीहरुले बताएका छन् ।
बहराइनको राष्ट्रिय चिकित्सा कार्यदलले कोरोना भाइरसविरुद्ध लड्न विभिन्न उपायहरु अपनाउने सिलसिलामा बालबालिकाहरूलाई पनि खोप लगाउन थालेको हो । बालबालिकालाई पनि कोरोनाभाइरस विरुद्धको खोप लगाउने निर्णयबाट देशवासी खुशी भएका छन् भने सरकारी अधिकारीहरुले पनि महामारी नियन्त्रण हुने अपेक्षा गरेका छन् ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
सुदूरपश्चिमका पहाडी जिल्लामा बर्खा लाग्नासाथ बढ्छ दुर्घटनाको जोखिम
-
बाढी–पहिरोका कारण अवरुद्ध छन् यी राजमार्ग (विवरणसहित)
-
हृदयघात भएको पहिलो १० मिनेटमा के गर्ने ?
-
दिनदिनै लौकाको जुस पिउँदा शरीरलाई हुन्छ यस्ता फाइदा
-
अनुहारमा दही लगाउँदा के हुन्छ ?
-
देशभर मनसुनी वायुको प्रभाव, आज यी पाँच प्रदेशमा भारी वर्षाको सम्भावना
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण