सातामा ३०० ले बढ्यो सुनको मूल्य
शनिबार, १३ कात्तिक २०७८, १५ : ४२
यो सातामा सुनको मूल्य प्रतितोला ३०० रुपैयाँले बढेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघले सातामा सुनको मूल्य ३०० रुपैयाँले बढेको जानकारी दिएको हो । गत साताको शुक्रबार छापावाल सुनको कारोबार प्रतितोला ९१ हजार ७०० रुपैयाँमा भएको थियो । जुन, यो साताको शुक्रबारसम्म आइपुग्दा प्रतितोला ९२ हजार रुपैयाँ पुगेको छ ।
यस्तै, अघिल्लो शुक्रबार तोलामा ९१ हजार २०० रुपैयाँ तोकिएको तेजाबी सुनको मूल्य यो साताको शुक्रबार ९१ हजार ५०० रुपैयाँ पुगेको छ । सुनको मूल्य बढेको सातामा चाँदीको मूल्यमा भने सामान्य गिरावट आएको छ । अघिल्लो शुक्रबार प्रतितोला १२ सय ५० रुपैयाँ तोकिएको चाँदीको मूल्य यो साताको शुक्रबार ५ रुपैयाँले घटेर १२ सय ४५ रुपैयाँमा आइपुगेको महासंघले जानकारी दिएको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
भारतीय चर्चित गायक सानले नेपालमा साङ्गीतिक प्रस्तुति दिने
-
'एक्का तीन'को मुख्य अभिनेत्रीमा कविता
-
किन आन्दोलित छन् भक्तपुर क्यान्सर अस्पतालका कर्मचारी ?
-
रियल म्याड्रिडका लागि जब एमबाप्पेले माइकल ओलिसेलाई फकाए
-
विद्युत् निर्यात ६८ प्रतिशतले बढ्दा आयात खर्चमा भारी कटौती, १८ अर्ब ७६ करोडभन्दा बढी खुद व्यापार बचत
-
बागमतीमा गत आर्थिक वर्षमा ४४ सडक पुल निर्माण
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण