सातामा ३०० ले बढ्यो सुनको मूल्य
शनिबार, १३ कात्तिक २०७८, १५ : ४२
यो सातामा सुनको मूल्य प्रतितोला ३०० रुपैयाँले बढेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघले सातामा सुनको मूल्य ३०० रुपैयाँले बढेको जानकारी दिएको हो । गत साताको शुक्रबार छापावाल सुनको कारोबार प्रतितोला ९१ हजार ७०० रुपैयाँमा भएको थियो । जुन, यो साताको शुक्रबारसम्म आइपुग्दा प्रतितोला ९२ हजार रुपैयाँ पुगेको छ ।
यस्तै, अघिल्लो शुक्रबार तोलामा ९१ हजार २०० रुपैयाँ तोकिएको तेजाबी सुनको मूल्य यो साताको शुक्रबार ९१ हजार ५०० रुपैयाँ पुगेको छ । सुनको मूल्य बढेको सातामा चाँदीको मूल्यमा भने सामान्य गिरावट आएको छ । अघिल्लो शुक्रबार प्रतितोला १२ सय ५० रुपैयाँ तोकिएको चाँदीको मूल्य यो साताको शुक्रबार ५ रुपैयाँले घटेर १२ सय ४५ रुपैयाँमा आइपुगेको महासंघले जानकारी दिएको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
सहमतिबाटै अध्यक्ष टुङ्ग्याउन वाईसीएलका नेताहरू खुमलटारमा
-
१६ वर्षमुनिको राष्ट्रिय क्रिकेट प्रतियोगितामा मधेसको लगातार दोस्रो जित
-
पूर्वसभामुख सापकोटाविरुद्धको मुद्दामा सुनुवाइ सकियो
-
विपद् प्रतिकार्यलाई प्रभावकारी बनाउन समुदाय परिचालन जरुरी : मुख्यमन्त्री आचार्य
-
ललितपुरमा बाटो चौडा बनाउने क्रममा पोलले लागेर एक जनाको मृत्यु, ठैब क्षेत्र तनाग्रस्त
-
पर्वतमा जेठदेखि नै धान र कोदो रोपाइँ