काठमाडौँका एसएसपी सरुवा विवाद : गृहमन्त्री भन्छन्–‘प्रधानमन्त्रीसँग असमझदारी छैन’
काठमाडौँ । काठमाडौँ प्रहरी प्रमुख (एसएसपी) अशोक सिंहलाई हटाएर सुदीप गिरीलाई जिम्मेवारी दिने गृहमन्त्रीको निर्णय बालुवाटारले रोकेपछि त्यसबारे सवैतिर चासो छ । गृह मन्त्रालयको कार्तिक ९ मा काठमाडौँका एसएसपी सरुवा गर्ने निर्णय प्रधानमन्त्री शेर बहादुर देउवाको निर्देशनमा रोकिएको थियो ।
गृह मन्त्रालयमा सुरक्षा मामिलामा रिपोर्टिङ गर्ने पत्रकारहरूसँग कुरा गर्दै गृहमन्त्री बालकृष्ण खाँणले त्यसबारे प्रस्ट पार्न खोजेका छन् । शनिवार पत्रकारहरूले काठमाडौँका एसएसपीको सरुवा रोकिएको बारे सोधेको प्रश्नमा खाँणले भने–‘प्रधानमन्त्रीज्यू,सँग असमझदारी छैन, सवै निर्णय परामर्श र सरसल्लाहबाट हुन्छ ।’
आसन्न काँग्रेसको महाधिवेशनबाट शेरबहादुर देउवालाई फेरी सभापतिमा निर्वाचित गराउन आफूले शुभेच्छा राखेको जानकारी दिँदै खाँणले भने–‘प्रधानमन्त्री कार्यालयसँग असमझदारी राखेर अघि बढ्नुपर्ने कुनै कारण छैन ।
त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल र ट्राफिक प्रहरी महाशाखा लगायतका ठाउँमा प्रहरी नायव महानिरीक्षक (डिआईजी)को राख्नका लागी दरबन्दी थप्ने प्रस्ताव गरिएको गृहमन्त्री खाँणले बताए । खाँणले–‘अन्तर्राष्ट्रिय विमानस्थलमा पहिले डिआईजीको दरबन्दी थियो, त्यहाँ अहिले थप सुरक्षा चुनौती बढेको हुनाले त्यस्ता ठाउँमा डिआईजी राख्ने गरी दरबन्दी थप्ने प्रस्ताव गरिएको छ ।’ उपत्यकामा ट्राफिक जाम पनि थप बढेको हुनाले चुनौतीलाई ध्यानमा राखेर दरबन्दी थप्न प्रस्ताव गरिएको उनको भनाई थियो । डिआईजी र एसएसपी थप्ने प्रस्तावमा अर्थले स्वीकृति दिएको छैन ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
स्वास्थ्य बीमालाई अझै विस्तार गर्दै सरकार, जनप्रतिनिधि र कर्मचारीले बीमा गर्नैपर्ने
-
शिक्षक आन्दोलनपछि सरकारी स्कुल खुल्दा जे देखियो
-
भ्वाइस अफ नेपालको ग्रान्ड फिनाले आज
-
सुनको मूल्य स्थिर, चाँदीको घट्यो
-
कोलकाता नाइट राइडर्सका विदेशी खेलाडी प्रशिक्षकको व्यवहारबाट रुष्ट
-
ओरेन्ज क्यापको दौडमा सूर्यकुमार शीर्ष स्थानमा