जाडोसँगै मौसमी फ्लुको जोखिम
जाडोयामसँगै मौसमी फ्लुको जोखिमसमेत बढ्ने भएकाले सतर्क रहन चिकित्सकले सुझाव दिएका छन् । मौसम परिवर्तनको क्रममा देखिने फ्लुका कारण विगतका वर्षमा कतिपयका मृत्युसमेत भएकाले वृद्ध, दमका दीर्घरोगी, श्वासप्रश्वासका रोगी, ज्येष्ठ नागरिक, गर्भवती, बालबालिका, अङ्ग प्रत्यारोपण गरेका व्यक्ति बढी जोखिम पर्ने भएकाले यो समूहलाई सचेत हुन चिकित्सकको आग्रह छ ।
“यो समूहका बिरामीमा रोगसँग लड्ने प्रतिरक्षा शक्ति कमजोर हुने भएकाले जोखिम बढी हुन्छ,” शुक्रराज ट्रपिकल तथा सरुवा रोग अस्पताल टेकुका अनुसन्धान विभाग प्रमुख डा. शेरबहादुर पुनले भने, “हिउँदयाम लागेसँगै मौसमीखालका बिरामी बढेका छन् । अस्पतालमा आउने बिरामीमा रुघाखोकी, ज्वरोसँगै डेङ्गुका बिरामीसमेत आएका छन् ।”
उनले वर्षा सकिएसँगै पानी जमेका पोखरीमा लामखुट्टेले फूल पार्ने भएका कारण अहिले डेङ्गुको जोखिम रहेको बताए । अस्पतालमा एक सातामा एक सयको हाराहारीमा बिरामी आउने गरेको बताउँदै डा. पुनले भने, “अस्पतालमा जाँच गराउन आउने बिरामीको सङ्ख्या अझ धेरै छ । यस्ता बिरामी समुदायमा अझ धेरै छन् । यो चाँडै सर्ने भएकाले यसबाट धेरै व्यक्ति प्रभावित हुने गरेका छन् । घरमा एक जना बिरामी फ्लुको सिकार भएमा सम्पूर्ण परिवारलाई नै सर्न सक्छ, त्यसैले बढी सतर्कता हुनु जरुरी छ ।”
गत महिना विद्यार्थीमा धेरै फ्लुका बिरामी बढेको र यो सङ्ख्या अझ बढ्ने अनुमान डा. पुनको छ । इन्फ्लुएन्जाको सङ्क्रमणले हुने जटिलताकै कारण विगतमा बिरामीको मृत्युसमेत भएको उनले बताए । दीर्घरोगी, ज्येष्ठ नागरिक, बालबालिकालाई बढी असर पु¥याउने भएकाले यसले निमोनिया, बाल दम, ब्रोङकाइटिस, घ्यारघ्यार रोगका रूपमा विकास हुने जानकारी उनले दिए ।
यो समूहका बिरामीमा रुघाखोकी, ज्वरो आउने, टाउको दुख्ने, घाँटी दुख्ने, शरीर दुख्नेजस्ता लक्षण देखापरेमा अन्य उमेर समूहका बिरामीलाई जस्तो घरैमा राख्न नहुने डा. पुनको सुझाव छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
नाटक ‘सेतो धरती’ हेरेपछि पूर्वराष्ट्रपति भण्डारीले के भनिन् ?
-
अर्जेन्टिना सेमिफाइनलमा पुगेपछि अनमोल केसीले यसरी साटे खुसीयाली
-
ओमानमा पनि ड्रोन आक्रमण
-
हरियो रङमै चल्ने भयो ‘ब्लु बस’, साउन १ गते नै सेवा आरम्भ हुनेमा आशङ्का
-
सडकको भवितव्य, समाजको न्याय र सहानुभूतिको आहुति
-
राजधानीको प्यास मेटाउने सुन्दरीजलमा नै खानेपानी अभाव
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण