आइतबार, २८ असार २०८३
ताजा लोकप्रिय

नाटक ‘सेतो धरती’ हेरेपछि पूर्वराष्ट्रपति भण्डारीले के भनिन् ?

आइतबार, २८ असार २०८३, १४ : ४१
आइतबार, २८ असार २०८३

सारांश

  • पूर्वराष्ट्रपति विद्यादेवी भण्डारीले शनिबार गैरीधारास्थित कान्तिपुर थियटरमा पुगेर ‘सेतो धरती’ नामक नाटक हेरेकी छन् ।
  • उनले नाटक निकै राम्रो बनेको र आफूलाई मन परेको प्रतिक्रिया दिएकी थिइन् ।
  • मदन पुरस्कार विजेता पुस्तक ‘सेतो धरती’मा आधारित यो नाटक कान्तिपुर थियटरले पुनः मञ्चन गरिरहेको छ ।

काठमाडौँ । पूर्वराष्ट्रपति विद्यादेवी भण्डारीले नाटक ‘सेतो धरती’ हेरेकी छन् । उनले शनिबार गैरीधारास्थित कान्तिपुर थियटर पुगेर नाटक हेरेकी हुन् ।

केही सहयोगीका साथ थियटर पुगेकी भण्डारीले नाटक निकै राम्रो बनेको र आफूलाई मन परेको प्रतिक्रिया दिएकी छन् ।

मदन पुरस्कार विजेता पुस्तक ‘सेतो धरती’ माथि नाटक आधारित कान्तिपुर थियटरले अहिले पुनः मञ्चन गरिरहेको छ । केही अगाडि मञ्चन भएको नाटक दर्शकको माग अनुसार सुरु हुने भएको छ । कान्तिपुर थिएटरले गत १३ गतेदेखि यसलाई पुनः मञ्चन थालेको हो ।

सुरुमा १६ असारसम्म मञ्चन गर्न भएर पुनः मञ्चन गरेको नाटक दर्शकको मागअनुसार असार २८ अर्थात् आजसम्म लम्ब्याइएको छ । चर्चित अभिनेत्री बेनिशा हमालको डेब्यू अभिनय रहेको यो नाटकको मञ्चन यसअघि १९ वैशाख भएको थियो ।

सुन्दर धिताल निर्देशित नाटकमा कान्तिपुर थिएटरका ३० जना कलाकारले समेत अभिनय गरेका छन् । थियटरले अब विश्वेश्वरप्रसाद कोइरालाको चर्चित कृति ‘तीन घुम्ती’ मा आधारित सोही नामको नाटकको मञ्चन तयारी समेत गरिरहेको छ । 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप