निक्षेपको हकदावी लिन ३५ दिने सूचना जारी
मङ्गलबार, १६ कात्तिक २०७८, १२ : ४८
राष्ट्रिय वाणिज्य बैंकले निक्षेपको हकदावी गर्नलाई ३५ दिने सूचना जारी गरेको छ । बैंकले आज सूचना जारी गर्दै ६ जनाको निक्षेपको हकदावी गर्न आह्वान गरेको हो । बैंकमा निक्षेप खाता खोलेर निक्षेप राखेका आफ्ना ग्राहकको मृत्यू भएपछि उनीहरुका आफन्तलाई हकदावी गर्न सूचना जारी भएको उल्लेख गरेको छ । वाणिज्य बैंकले हकदावीका लागि आह्वान गरेका ६ जना निक्षेप कर्ता नै सप्तरीका छन् ।
जिल्लाका चनरवती देवो,सान्ती दास, मो आजादको, शैलेन्द्र कुमार चौधरी, सीताराम दास र मिसाइल मियाको मृत्यू भएकाले उनीहरुको निक्षेप खाताको हकदावी गर्नुपर्ने छ । वाणिज्य बैंकका राजविराज शाखामा हकदावीका लागि उपस्थित हुन भनिएको छ । हकदावीका लागि आउने दावीकर्ताले ‘बैंक तथा वित्तीय संस्था सम्बन्धी ऐन, २०७३’को दफा १११ बमोजिम गर्नुपर्ने छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
प्रथम मेयर कप फुटबल प्रतियोगिताको उपाधि सुर्खेतलाई
-
विदेश पठाउने नाममा २९ लाख ठगी गर्ने दुई जना पक्राउ
-
सचिव पुष्कर नियन्त्रण प्रकरण: प्रहरीले थमाएको थियो जरुरी पक्राउ पुर्जी
-
सशस्त्रका ७ डिआइजीको सरुवा, ७ जनाको पदस्थापन
-
१२ बजे १२ समाचार: यस्ता छन् आजका प्रमुख समाचार
-
दिल्लीको उच्चस्तरीय भेटघाट सकेर लखनउ पुगे रवि लामिछाने, विमानस्थलमा उत्तर प्रदेशका उपमुख्यमन्त्रीले गरे स्वागत
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण