बेलायतमा एकैदिन २९३ संक्रमितको मृत्यु
लन्डन । बेलायतमा पछिल्लो एक सातामा कोरोनाका मृतक संख्या १५ प्रतिशतले बढेको छ । ‘डिपार्टमेन्ट अफ हेल्थ एण्ड सोशल केयर’ ले मंगलबार सार्वजनिक गरेको तथ्यांक अनुसार २४ घन्टामा थप २९३ जना संक्रमितको मृत्यु भएको छ । यससँगै बेलायतमा कोरोनाबाट मृत्यु हुनेको संख्या एक लाख ४० हजार ९६४ पुगेको छ ।
दैनिक संक्रमितको संख्यामा भने केहि कमी आएको छ । लगातार ४० हजार माथि रहेको दैनिक संक्रमित संख्या ३३ हजार ८६५ मा झरेको छ । एक साताको तुलनामा संक्रमित संख्या १०.४ प्रतिशतले घटेको हो । यसैगरी अस्पताल भर्ना हुनेको संख्यामा वृद्धि भएको छ । योसँगै बेलायतमा कुल संक्रमितको संख्या ९१ लाख ३० हजार ८५७ पुगेको छ ।
पछिल्लो २४ घन्टामा कोरोनाका कारण एक हजार दुई जना अस्पताल भर्ना भएका थिए । हाल अस्पतालमा उपचार गराइराखेका संक्रमितको संख्या ९ हजार ५३८ पुगेको छ । यस्तै एक हजार ३० जना संक्रमितको भेन्टिलेटर बेडमा उपचार भइरहेको छ ।
बेलायतमा १४.५ प्रतिशतले लगाए बुष्टर डोज
बेलायतमा १४.५ प्रतिशतले कोरोनाविरुद्धको तेस्रो अर्थात बुष्टर लगाएको स्वास्थ्य विभागले जनाएको छ । मंगलबार सार्वजनिक तथ्यांक अनुसार २४ घन्टामा दुई लाख ४० हजार ९४३ जनाले बुष्टर लगाएका छन् । हालसम्म ८३ लाख ५६ हजार १७२ जनाले उक्त खोप लगाइसकेका छन् ।
बेलायतमा हालसम्म कोरोनाविरुद्धको १० करोड ४१ लाख १२ हजार ७५७ डोज खोप वितरण भइसकेको छ । जसमध्ये पाँच करोड २५ हजार २० जना अर्थात ८७ प्रतिशतले खोपको पहिलो डोज र ४ करोड ५७ लाख ३१ हजार ५६५ जना अर्थात ७९.५ प्रतिशतले खोपको दुवै डोज लगाइसकेको सरकारी तथ्यांकमा उल्लेख छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
विजय मल्ललाई प्राप्त पुरस्कार
-
सरसफाइ नहुँदा सुक्न थाल्यो पर्सा निकुञ्जभित्रको हलखोरिया दह
-
विश्वकप फुटबल प्रतियोगिताका लागि अन्तिम व्यवस्थापन तीव्र, भिसामा अमेरिकाले विभेद गरेको इरानको आरोप
-
संविधान संशोधनको बहस र राजनीतिक सहमतिको औचित्य
-
राष्ट्रिय पशुपन्छी अधिकार दिवस मनाइयो (तस्बिरहरु)
-
विभिन्न स्थानबाट लागूऔषधसहित २३ जना पक्राउ
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण