ज्यान मुद्दाका फरार प्रतिवादी २२ वर्षपछि पक्राउ
जिल्ला प्रहरी कार्यालय अर्घाखाँचीले व्यक्ति हत्याका फरार प्रतिवादीलाई २२ वर्षपछि पक्राउ गर्न सफल भएको छ । साविक जलुके गाविस–४ हाल सितगंगा नगरपालिका–७ का खिमबहादुर पुलामीलाई फरार रहेको २२ वर्षपछि पक्राउ गरिएको प्रहरीले जनाएको छ ।
जिल्ला अदालत अर्घाखाँचीले २०५६ साल असार १८ गते पुलामी सहितका ४ जनालाई कर्तब्य ज्यान मुद्दामा १९ वर्ष ११ महिना १० दिन कैद सजायको फैसला गरेको थियो । अर्घाखाँचीका प्रहरी प्रमुख डिएसपी अमर थापाका अनुसार पुलामीसहित ४ जनाको साङ्घातिक आक्रमणबाट स्थानीय भीमबहादुर क्षेत्रीको निर्मम हत्या गरिएको थियो । हत्यामा संलग्नमध्ये दुई जनाको मृत्यु भइसकेको छ ।
हालसम्म फरार पुलामीलाई प्रहरीले कार्तिक १६ गते विशेष सूचनाको आधारमा जिल्ला प्रहरी कार्यालयबाट खटिएको प्रहरी टोलीले निजकै घर नजिकबाट पक्राउ गरेको जनाइएको छ । पुलामीलाई अदालतमा पेस गरी कैद सजाय भुक्तानीका लागि कारागार चलान गरिएको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
'एक्का तीन'को मुख्य अभिनेत्रीमा कविता
-
किन आन्दोलित छन् भक्तपुर क्यान्सर अस्पतालका कर्मचारी ?
-
रियल म्याड्रिडका लागि जब एमबाप्पेले माइकल ओलिसेलाई फकाए
-
विद्युत् निर्यात ६८ प्रतिशतले बढ्दा आयात खर्चमा भारी कटौती, १८ अर्ब ७६ करोडभन्दा बढी खुद व्यापार बचत
-
बागमतीमा गत आर्थिक वर्षमा ४४ सडक पुल निर्माण
-
इरान थप आक्रामक, दबाबमा अमेरिका
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण