काठमाडौँमा ८०० रोपनी सार्वजनिक जग्गा पहिचान
काठमाडौँ महानगरपालिकाले हालसम्ममा ८०० रोपनी सार्वजनिक जग्गा पहिचान भएको जनाएको छ । आज वडा नं ३१ को जागृतिनगरमा बाल उद्यान शिलान्यास कार्यक्रममा कामपाका प्रमुख विद्यासुन्दर शाक्यले सार्वजनिक जग्गा संरक्षण गरेर पार्क निर्माण गर्ने नीतिअनुसार अहिलेसम्म करिब ८०० रोपनी सार्वजनिक जग्गा संरक्षण गरिएको जानकारी दिए ।
“सार्वजनिक महत्वका जग्गा संरक्षण गर्ने हाम्रै काम हो”, प्रमुख शाक्यले भने, “अब हामी अतिक्रमित जग्गालाई खुला बनाउँछौँ । त्यसपछि स्वामित्व दाबी गर्ने आउन थाल्छन् ।”
कार्यक्रममा ३१ वडाका वडाध्यक्ष नारायण भण्डारीले आफ्नो वडामा ३१ रोपनी सार्वजनिक जग्गाको पहिचान भएको जानकारी दिँदै उक्त जग्गालाई संरक्षण गरी सामाजिक उपयोगमा ल्याउने बताए । बागमती नदी किनारामा रहेको करिब ६ रोपनी जग्गामध्ये वरिपरि सडकलाई छोडेर बाँकी रहेको करिब पाँच रोपनी क्षेत्रफलमा बाल उद्यान निर्माण हुनेछ ।
उक्त उद्यानको निर्माणको कामपा जलपा निर्माण सेवाले रु ७७ लाख २२ हजार ८१३ मा गर्ने पनि कार्यक्रममा जानकारी गराइएको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
प्रधानमन्त्री शाहले बोलाए मन्त्रिपरिषद् बैठक
-
प्रधानमन्त्री शाहले हस्तकला महासङ्घका प्रतिनिधिसँग छलफल गर्दै
-
इरानी आणविक केन्द्रलाई निशाना बनाउने ट्रम्पको चेतावनी
-
नेतान्याहुलाई पक्राउ गर्ने अधिकार न्युयोर्कलाई छैन, सङ्घीय सरकारले आवश्यक कदम चालोस् : ममदानी
-
बर्ड फ्लुका बारेमा भ्रम र तथ्य
-
चेक बाउन्स कानुन : वास्तविक कारोबारको खोजी कहिले ?
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण