बेन्जेमा फर्किएपछि फ्रान्सको राष्ट्रिय टोलीमा असन्तुलन देखियो : जिरु
करिम बेन्जेमालाई टोलीमा फर्काउने प्रशिक्षक डिडिएर डेस्च्याम्पको निर्णयले फ्रान्सको राष्ट्रिय फुटबल टोलीको रणनीतिमा गम्भीर असर पुगेको ओलिभए जिरु दाबी गरेका छन् । बेन्जेमा फर्किएपछि राष्ट्रिय टोलीको सुरुवाती ११ मा स्थान गुमाएका एसी मिलानका स्ट्राइकरले उनको आगमनले टोलीको खेल शैलीमा परिवर्तन गर्नु परेको र त्यसमा अभ्यस्त हुन थुप्रै खेल लागेको बताएका हुन् ।
‘बेन्जेमा फर्किने मैले प्रशिक्षकले भनेपछि थाहा पाएँ,’ एल इक्युपेसँग कुरा गर्दै जिरुले भने, ‘यो डेस्च्याम्पको इच्छा थियो, म बुझ्छु । तर, यसबारे अघि नै जानकारी दिएको भए हुन्थ्यो । करिमविरुद्ध मेरो कुनै नकारात्मक भावना छैन । तर उनको पुनरागमनले टोलीमा रणनीतिक असन्तुलन सिर्जना गर्यो । केही खेलहरूमा त्यो देखियो पनि । विशेष गरेर युरोपियन च्याम्पियनसीपमा । तर, भाग्यवस हामीले समयमा नै त्यसलाई समाधान गर्न सक्यौँ । तर, यसका लागि समय लाग्यो ।’
‘युरोपियन च्याम्पियनसीपमा करिमसँग मेरो कुनै समस्या थिएन । उनले आफूलाई परिवर्तन गरेर अझ राम्रो भएका छन् । हामी सधैँ एउटै टेबलमा बसेर खान्थ्यौँ,’ जिरुले भने ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
‘डा. केसीसँग छु’ भन्ने शिक्षामन्त्रीकै कार्यशैलीविरूद्ध गाेविन्द केसीकाे २४औँ सत्याग्रह
-
सूर्यवंशीको कीर्तिमानी अर्धशतक, टी-२० मा भारतको हारको शृङ्खला अन्त्य
-
निजी क्षेत्रसँग सहकार्य गरेर अघि बढ्छाैँ : शिक्षामन्त्री
-
बीमा सम्बन्धी कसुरमा मृदुला सरिया पक्राउ
-
पश्चिम एसियाको स्थिति ‘कल्पनाभन्दा बाहिर’ : महासचिव गुटेर्रेस
-
गर्मी बढ्दै जाँदा युरोपमा खडेरी गम्भीर
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण