तिहार लगत्तै १५ सयले बढ्यो सुनको भाउ
सोमबार, २२ कात्तिक २०७८, ११ : ०६
तिहार सकिएलगत्तै सुनको भाउ बढेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघले आज सुनको भाउ तोलामा १५ सय रुपैयाँले बढेको बताएको छ । तिहार अगाडी अन्तिम पटक कारोबार भएको कात्तिक १८ गते छापावाल सुनको मूल्य प्रतितोला ९१ हजार थियो । यस्तै, उक्त मितिमा तेजाबी सुनको मूल्य तोलामा ९० हजार ५०० रुपैयाँ कायम भएको महासंघले जनाएको छ ।
तिहारपछि पहिलोपटक बजार खुलेको आज कात्तिक २२ गते छापावाल सुनको मूल्य प्रतितोला ९२ हजार ५०० रुपैयाँ छ । यस्तै, आज तेजाबी सुनको मूल्य ९२ हजार रुपैयाँ कायम भएको महासंघले जानकारी दिएको छ । यसैगरी, आज चाँदीको भाउ २५ रुपैयाँले बढेर प्रतितोला १२ सय ५० रुपैयाँ कायम भएको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
बृहत्तर हेटौँडा अवधारणाअनुसार राजधानी विकास गरिने
-
निःशुल्क प्रवेशको विरोधमा विवाह मण्डप र सङ्ग्रहालय बन्द
-
देखिने शासक असफल भएपछि ‘डिप स्टेट’ सक्रिय भयो : सुवेदी
-
एक खर्ब निक्षेप सङ्कलन गर्न बोलकबोल आह्वान
-
एमालेका चार मन्त्री बर्खास्त भएसँगै नयाँ गठबन्धनका लागि नेकपाले राख्यो सर्त
-
जुम्ल्याहा शिशुको हत्या आरोपमा आमा पक्राउ
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण