बागमती प्रदेश : विवेकशील साझाले मुख्यमन्त्रीलाई विश्वासको मत नदिने
सोमबार, २२ कात्तिक २०७८, १६ : ५२
विवेकशील साझा पार्टीका बागमती प्रदेशसभा सदस्य रमेश पौडेलले भागवण्डाका लागि मन्त्रालय विभाजन गर्ने कार्यको विरोध गरेका छन् । सोमबार प्रदेशसभा बैठकमा मुख्यमन्त्रीले पेस गरेको विश्वासको मतसम्बन्धी प्रस्तावमाथिको छलफलमा भाग लिँदै उनले मन्त्रालय विभाजन गरेर १२÷१५ वटा बनाउनु प्रदेश र जनताको हितमा नहुने बताए ।
संविधानले मन्त्रालय विभाजन गर्न छुट दिए पनि फजुल खर्च बढाउने भएकाले यस्तो कदममा आफूले साथ दिन नसक्ने उनको भनाइ थियो । उनले आफू रचनात्मक प्रतिपक्षको भूमिका निर्वाह गर्ने पनि प्रस्ट पारे । आफूहरुले विश्वासको मतको समर्थनमा मत दिन नसक्ने पनि उनले बैठकलाई जानकारी दिए ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
सीजेपी आन्दोलन : मोदीले अनुमान गर्न नसकेको भारतको युवा आन्दोलन
-
ट्राफिक व्यवस्थापनमा ‘पहिला म’ होइन ‘पहिला तपाईं’ भन्ने संस्कार आवश्यक: राजेश हमाल
-
स्रोत नखुलेको साढे ६ लाखसहित उपसचिव पक्राउ
-
जोरपाटीबाट एसएलआरको गोलीसहित एक जना पक्राउ
-
आयोगलाई ‘आधुनिक र प्रविधिमैत्री’ बनाउने प्रस्तावित प्रमुख आयुक्त र आयुक्तहरूको कार्ययोजना
-
सांसदलाई स्वकीय सचिव दिने सरकारको निर्णयविरुद्ध सर्वोच्चमा रिट
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण