पोखरामा गाडीको ठक्करबाट बालकको मृत्यु
सोमबार, २२ कात्तिक २०७८, २१ : ०६
पोखरामा गाडीले ठक्कर दिँदा एक बालकको मृत्यु भएको छ । आइतबार साँझ पोखरा बागलुङ राजमार्ग अन्तर्गत पर्ने गणतन्त्र चोकस्थित सडकको जेब्रा क्रसमा हिँडिरहेका बालकलाई गाडीले ठक्कर दिएर भागेको हो ।
दुर्घटनामा तनहुँ घर भई हाल पोखरा–५ बस्दै आएका १४ वर्षीय शुभम खनालको मृत्यु भएको कास्की प्रहरीले जनाएको छ ।
दुर्घटनापछि गम्भीर घाइते भएका बालकको पोखरा स्वास्थ्य विज्ञान प्रतिष्ठानमा उपचारको क्रममा मृत्यु भएको जिल्ला प्रहरी कार्यलय कास्कीका डिएसपी एवं प्रहरी प्रवक्ता सुवास हमालले जानकारी दिए । बालकलाई ठक्कर दिने सवारीको पहिचान हुन नसकेको र अनुसन्धान जारी रहेको उनले बताए । बालक पोखरास्थित शान्ति निकेतन स्कुलको कक्षा पाँचमा अध्ययनरत थिए ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
गृहमन्त्री भन्छन्– म छड्के जान्छु, गृहमन्त्री गायब भयो भनेर समाचार आउँछ
-
मन्त्रालय एउटै, मन्त्रीको पदबहाली दुई ठाउँमा
-
समुद्रको गहिराइमा जापानले खनन परीक्षण गर्ने
-
वर्षाले काठमाडाैँ–१० जलमग्न, तस्बिरहरू
-
मकवानपुर प्रशासनका सबै सेवा एकद्वार प्रणालीबाट
-
अमेरिकासँग मिलेर प्याट्रियट हवाई रक्षा प्रणाली बनाउँदै युक्रेन
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण