छठका लागि सिँगारियो गौरीघाट
छठ पर्वका लागि पशुपतिस्थित गौरीघाटलाई भव्य रूपमा सिँगारिएको छ । घाट बनाउने, बत्ती जडान गर्ने, नदी सफाइ गर्नेलगायत मुख्य काम सम्पन्न भइसकेको गुह्येश्वरी गौरीघाट छठ समितिका अध्यक्ष अनिल सिंहले रातोपाटीसँग बताए । छठ पर्वमा सरिक हुन राष्ट्रपति विद्यादेवी भण्डारी भोलि ३ बजे गौरीघाट जाने कार्यक्रम छ ।

सूर्यको उपासना गरेर छठ पर्व मनाइन्छ । यस व्रतलाई निकै कठोर मानिन्छ । व्रतालुहरूले पवित्र स्नान, उपवास, पानीसमेत नपिउने, लामो समयसम्म पानीमा खडा हुने, प्रार्थना प्रसाद र अर्घ्य दिने गर्छन् । व्रत सुरु भइसकेको छ । व्रतालुहरूले भोलि साँझ अस्ताउँदो सूर्य र पर्सि बिहान उदाउँदो सूर्यलाई अर्घ्य दिएपछि मात्रै व्रत तोड्ने गरेका छन् ।
भारतको बिहार र नेपालको तराईका जिल्लामा प्राचिनकालदेखि नै छठलाई मुख्य पर्वका रूपमा मनाइँदै आइएको छ । पछिल्लो समय राजधानी काठमाडौँसहित धेरै स्थानमा पहाडिया समुदायले पनि यो पर्व मनाउने गरेका छन् । "विगतमा यहाँ दुई लाखदेखि ३ लाखको हाराहारीमा मानिसहरू जम्मा हुने गरेका थिए । यहाँ आउनेमध्ये झन्डै ३० प्रतिशत पहाडिया समुदायबाट छन् । कोरोनाका कारण गत वर्ष श्रद्धालुहरूले घरबाटै अर्घ्य दिनुभयो । यसपटक पनि सङ्ख्या केही कम हुनसक्ने हाम्रो अनुमान छ," सिंहले भने । छठ पर्वलाई हिन्दूमात्र नभएर नेपाल र भारतको बिहारमा मुस्लिम समुदायले समेत उत्तिकै श्रद्धाका साथ मनाउने गरेको सिंहले बताए ।
त्यस्तै कमलपोखरीमा छठका लागि तयारी गरिँदै छ । हेरौँ गौरीघाट र कमलपोखरीका तस्बिर :







खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
प्यारामाउन्ट–वार्नर ब्रदर्स विलय सम्झौतामाथि अमेरिकी अदालतले लगायो अस्थायी रोक
-
यी हुन् मिर्गौला क्यान्सरका संकेत
-
पक्षपातको आरोपबारे अर्जेन्टिनी मिडफिल्डर भन्छन्, ‘हाम्रो मुस्कानले उनीहरूलाई बिझाउँछ’
-
राजधानीको कीर्तिपुरमा कारमा एक्कासि आगो लाग्यो, चालकको मृत्यु
-
रक्षा आपूर्ति शृङ्खला मजबुत बनाउन ट्रम्पको नयाँ आदेश, घरेलु उत्पादनमा जोड
-
आगामी दुई दिन भारी वर्षाको सम्भावना छैन: मौसम विभाग
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण