भारतमा ट्याङ्करले बसलाई ठक्कर दिँदा १२ जना जिउँदै जले
बुधबार, २४ कात्तिक २०७८, १३ : ३८
राजस्थानको बाडमेरस्थित बाडमेर–जोधपुर हाइवेमा बुधबार ठूलो दुर्घटना भएको छ । यहाँ, बस र ट्याङ्कर ठोक्किँदा ट्याङ्कर र बसमा आगो लाग्यो, जसकारण १२ जना जिउँदै जले । हाइवेमा गलत दिशाबाट आएको ट्याङ्करले बसलाई ठक्कर दिएको हो । घटनामा अन्य धेरै मानिसहरु घाइते छन् । उनीहरुको उपचार भइरहेको छ ।
भारतीय सञ्चारमाध्यम अमर उजालाका अनुसार बसमा २५ जना सवार थिए । ट्याङ्करसँग ठोक्किने बित्तिकै बसमा आगो लागेको थियो । केही व्यक्तिहरु बसको सिसा तोडेर बाहिर निस्कन सफल भए । दुर्घटनालगत्तै घटनास्थल पुगेको प्रहरी १० जना मानिसहरुलाई बाहिर निकालेको थियो ।
यो बस बिहान झन्डै १० बजे बालोतराबाट हिँडेको यात्रुहरुले बताए । हाइवेमा गलत दिशाबाट आइरहेको ट्याङ्करले बसलाई ठक्कर दियो । बस जलेर नस्ट भएको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
सुदूरपश्चिमका पहाडी जिल्लामा बर्खा लाग्नासाथ बढ्छ दुर्घटनाको जोखिम
-
बाढी–पहिरोका कारण अवरुद्ध छन् यी राजमार्ग (विवरणसहित)
-
हृदयघात भएको पहिलो १० मिनेटमा के गर्ने ?
-
दिनदिनै लौकाको जुस पिउँदा शरीरलाई हुन्छ यस्ता फाइदा
-
अनुहारमा दही लगाउँदा के हुन्छ ?
-
देशभर मनसुनी वायुको प्रभाव, आज यी पाँच प्रदेशमा भारी वर्षाको सम्भावना
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण