भिरबाट लडेर वृद्धको मृत्यु
बिहीबार, २५ कात्तिक २०७८, १२ : ५५
भिरबाट लडेर दाङ जिल्लास्थित तुलसीपुर उपमहानगरपालिका–१ पातेघारका ७० वर्षीय जरसिङ कामीको मृत्यु भएको छ । जिल्ला प्रहरी कार्यालयका अनुसार उनी आफ्नै घर नजिकको बारीमा घाँस काट्ने क्रममा बुधबार भिरबाट खसेका थिए । खोजतलास गर्ने क्रममा बिहीबार बिहान उनलाई मृत्यु भएको अवस्थामा फेला पारिएको प्रहरीको भनाइ छ । यसबारे आवश्यक अनुसन्धान तथा कानुनी प्रक्रिया पूरा गर्ने काम भइरहेको प्रहरीले जानकारी दिएको छ ।
यसैबीच पाल्पामा पनि एक वृद्ध मृत अवस्थामा फेला परेका छन् । निस्दी गाउँपालिका–४ आमडाँडा बस्ने ७१ वर्षीय विष्णु बहादुर सुनारी आफ्नै घर नजिकै गोरेटो बाटोबाट अन्दाजी १५ मिटर तल खोल्सामा मृत अवस्थामा फेला परेका हुन् । कात्तिक २० गते घरबाट हिँडेका उनी फर्केर नआएपछि खोजी गर्ने क्रममा मृत फेला परेको प्रहरीले जनाएको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
वैदेशिक रोजगारी तत्काल रोक्न सकिँदैन, सुरक्षित र मर्यादित बनाउन सरकार केन्द्रित : मन्त्री यादव
-
पर्वतको बन्जिसाईड भिरबाट हामफालेका व्यक्तिको शव निकालियो
-
बिहेको दुई महिनाअघि रुसी आक्रमणमा ज्यान गुमाए भारतीय नाविकले, भारतद्वारा रुसी कूटनीतिज्ञलाई ध्यानाकर्षण
-
चोभार गेटमा बस, ट्यांकर र बाइक एकआपसमा ठोक्किए (तस्बिरहरु)
-
प्यारामाउन्ट–वार्नर ब्रदर्स विलय सम्झौतामाथि अमेरिकी अदालतले लगायो अस्थायी रोक
-
यी हुन् मिर्गौला क्यान्सरका संकेत
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण