कंगनाको पद्मश्री सम्मान फिर्ता लिन माग
बलिउड नायिका कंगना रनोटले देशको स्वतन्त्रताका लागि दिएको बयानमाथि विवाद बढ्दै गइरहेको छ । शुक्रबार राष्ट्रवादी कांग्रेस पार्टी (एनसीपी) नेता तथा महाराष्ट्र सरकारमा मन्त्री नवाब मलिकले आफ्नो दैनिक पत्रकार सम्मेलनमा कंगनामाथि निशाना साँधेका छन् ।
मलिकले नायिकाबाट पद्मश्री पुरस्कार फिर्ता लिएर उनीविरुद्ध मुद्दा दर्ता गर्न माग गरेका छन् । मलिकका अनुसार कंगनाले ती स्वतन्त्र संग्राम सेनानीको अपमान गरेकी छिन् जसले देशको स्वतन्त्रताका लागि आफ्नो ज्यान दिएका छन् । क)गनाले मलाना क्रिम (हिमाचली ड्रग) को ओभरडोज लिएर यस्तो बयानबाजी गरिरहेको मलिकले आरोप लगाएका छन् ।
के हो मलाना क्रिम ?
हिमाचल प्रदेशको कुल्लू जिल्लामा मलाना घाटीबाट आउने चरेस वा गाँजालाई मलाणा क्रिम भनिन्छ । चरेसलाई हिमाचल प्रदेशका स्थानीयले भाङ पनि भनिन्छ । यसलाई गाँजाको बोटबाट निकालिन्छ । यो बोट प्राकृतिक रुपमा नै उम्रन्छ र यहाँ यसको अवैध खेती पनि गरिन्छ । यहाँ एउटा एक्लो गाउँ छ – मलाना । यहाँ गाँजाको बोटबाट निकालिने तत्व चिल्लो क्रिम जस्तो हुन्छ त्यसैले यसलाई मलाना क्रिम भनिन्छ । राज्यका अन्य भागमा पाइने चरेस यस्तो हुँदैन ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
बाढीले अवरुद्ध दिक्तेल–चखेवाभञ्ज्याङ सडक सञ्चालनमा
-
फलहरूको राजा आँप: मधुमेहका बिरामीले खान मिल्छ कि मिल्दैन ? यस्ता छन् फाइदा र खानुपर्ने सही तरिका
-
भन्सार छलीका सामान बरामद
-
रास्पवा भक्तपुरमा बस्नेत निर्वाचित
-
१२ बजे १२ समाचार: काठमाडौँमा रेलमार्गको डीपीआरका लागि प्रस्ताव आह्वानदेखि आर्थिक विधेयकमा २० पेजको झमेलासम्म
-
सचिव कृष्णहरि पुष्कर प्रकरणमा प्रधानमन्त्रीको कटाक्ष: ‘मलाई पनि एम्बासडर बन्न मन छ’
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण