सातामा ३४ सयले बढ्यो सुनको मूल्य
तिहारपछि खुलेको सुनचाँदीको बजारमा सुनको मूल्य ३४ सय रुपैयाँले बढेको छ । तिहार अघिको अन्तिम कारोबार दिन प्रतितोला ९१ हजार रुपैयाँ रहेको सुनको मूल्य त्यसयता ३४ सयले बढेको हो ।
नेपाल सुनचाँदी व्यवसायी महासंघले कार्तिक १८ गते छापावाल सुनको भाउ प्रतितोला ९१ हजार रुपैयाँ तोकेको थियो । यस्तै, तेजाबी सुनको मूल्य प्रतितोला ९० हजार ५०० रुपैयाँ तोकेको थियो ।
त्यसपछि कातिक २२ गते कारोबार खुल्दा छापावाल सुनको मूल्य १५ सयले बढेर ९२ हजार ५०० रुपैयाँ पुग्यो । यस्तै, तेजाबी सुनको मूल्य प्रतितोला ९२ हजार पुगेको थियो । त्यसयताका दिनमा कात्तिक २३ गतेमात्र सुनको मूल्य घटेको छ ।
त्यसबाहेक अन्य सबै दिन बढेको सुनको मूल्य प्रतितोला ९४ हजार ४०० रुपैयाँ पुगेको महासंघले बताएको छ । यो आइतबार कारोबार खुलेको दिनदेखि अन्तिम कारोबार दिनसम्ममा ३४ सयको वृद्धि हो ।
यस्तै, यो साता चाँदीको मूल्यमा ६० रुपैयाँको वृद्धि आएको छ । कात्तिक १८ गते तोलामा १२ सय २५ रुपैयाँ रहेको चाँदीको भाउ हिजो शुक्रबारसम्ममा १२ सय ८५ रुपैयाँ पुगेको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
भारतीय चर्चित गायक सानले नेपालमा साङ्गीतिक प्रस्तुति दिने
-
'एक्का तीन'को मुख्य अभिनेत्रीमा कविता
-
किन आन्दोलित छन् भक्तपुर क्यान्सर अस्पतालका कर्मचारी ?
-
रियल म्याड्रिडका लागि जब एमबाप्पेले माइकल ओलिसेलाई फकाए
-
विद्युत् निर्यात ६८ प्रतिशतले बढ्दा आयात खर्चमा भारी कटौती, १८ अर्ब ७६ करोडभन्दा बढी खुद व्यापार बचत
-
बागमतीमा गत आर्थिक वर्षमा ४४ सडक पुल निर्माण
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण