सातामा ३४ सयले बढ्यो सुनको मूल्य

तिहारपछि खुलेको सुनचाँदीको बजारमा सुनको मूल्य ३४ सय रुपैयाँले बढेको छ । तिहार अघिको अन्तिम कारोबार दिन प्रतितोला ९१ हजार रुपैयाँ रहेको सुनको मूल्य त्यसयता ३४ सयले बढेको हो ।
नेपाल सुनचाँदी व्यवसायी महासंघले कार्तिक १८ गते छापावाल सुनको भाउ प्रतितोला ९१ हजार रुपैयाँ तोकेको थियो । यस्तै, तेजाबी सुनको मूल्य प्रतितोला ९० हजार ५०० रुपैयाँ तोकेको थियो ।
त्यसपछि कातिक २२ गते कारोबार खुल्दा छापावाल सुनको मूल्य १५ सयले बढेर ९२ हजार ५०० रुपैयाँ पुग्यो । यस्तै, तेजाबी सुनको मूल्य प्रतितोला ९२ हजार पुगेको थियो । त्यसयताका दिनमा कात्तिक २३ गतेमात्र सुनको मूल्य घटेको छ ।
त्यसबाहेक अन्य सबै दिन बढेको सुनको मूल्य प्रतितोला ९४ हजार ४०० रुपैयाँ पुगेको महासंघले बताएको छ । यो आइतबार कारोबार खुलेको दिनदेखि अन्तिम कारोबार दिनसम्ममा ३४ सयको वृद्धि हो ।
यस्तै, यो साता चाँदीको मूल्यमा ६० रुपैयाँको वृद्धि आएको छ । कात्तिक १८ गते तोलामा १२ सय २५ रुपैयाँ रहेको चाँदीको भाउ हिजो शुक्रबारसम्ममा १२ सय ८५ रुपैयाँ पुगेको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
सभामुखले बोलाएको प्रमुख सचेतकहरूको बैठक निष्कर्षविहीन
-
केन्द्रीय चलचित्र जाँच समिति सदस्यमा गिरी नियुक्त
-
३८ वटा बोरामा प्याक गरी लुकाई छिपाई राखेको गाँजा बरामद
-
सुनकोशी मरिण डाइभर्सनको काम द्रुत गतिमा
-
विभिन्न स्थानमा भएका सवारी दुर्घटनामा ३ जनाको मृत्यु
-
बजेटमा सरकारले लिएको नीतिले निजी क्षेत्रलाई हाइड्रोपावरबाट पन्छ्याउन खोज्यो : इप्पान