कट्रिना र विक्कीको विवाहमा सलमान खान सरिक नहुने, यस्तै छ चर्चा
बलिउड नायिका कट्रिना कैफ र विक्की कौशलले चाँडै नै विवाह गर्न लागेको चर्चा व्यापक छ । खबरलाई विश्वास गर्ने हो भने यी दुईको ७ देखि ९ डिसेम्बरको बीचमा विवाह हुँदैछ । सेवाई माधोपुरको सिक्स सेन्सेस फोर्ट बारवरामा दुबैले विवाहका लागि स्थान बुकिङ गरेको खबर छ । तयारी राम्रोसँग चलिरहेको छ छैन भनेर यी दुईका प्रतिनिधि विवाह स्थल पुगेको बताइएको छ । विवाहमा यी दुईका नजिकका आफन्त र सिमित साथीभाइको मात्रै उपस्थिति हुने बताइएको छ ।
सलमान कट्रिनाको विवाहको हिस्सा नबन्ने
जी न्यूजको रिपोर्ट अनुसार सलमान खान यी दुईको विवाहमा सरिक हुने छैनन् । यी दुईको विवाहको पहिलो निम्तो सलमान खान र उनको परिवारलाई पठाइएको भारतीय सञ्चार माध्यममा खबर प्रकाशित छ । कट्रिना कैफको सलमान खानसँग पारिवारिक सम्बन्ध छ । तरपनि सलमान उनीहरुको विवाहमा उपस्थित नहुने सम्भावना अत्यधिक रहेको खबरमा उल्लेख छ ।
इन्डिया टुडेका अनुसार थुप्रै मानिसहरु छन् जो यो सूचीमा समावेश हुँदैछन् । यी दुबैले इन्डिष्ट्रिका आफ्ना साथीहरु र मेन्टर्सलाई बोलाएका छन् । यो सूचीमा करण जोहर, कियारा आडवाणी, सिद्धार्थ मल्होत्रा, मिनी माथुर र रोहित शेट्टीको नाम समावेश छ । यसबाहेक वरुण धवन र नताशा दलाल पनि विवाहमा सरिक हुनसक्छन् ।
कट्रिना कैफको रोका सेरेमनी निर्देशक कबिर खानको मुम्बईस्थित घरमा भएको थियो । कट्रिना, कबिर खानका निकै नजिक छन् र उनीसँग पारिवारिक सम्बन्ध छ । कट्रिनाले कबिरलाई राखी लगाउँछिन् । रोका सेरेमनीमा विक्की र कट्रिनाको परिवार समावेश भएका थिए ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठानमा गुनासो सुन्न सुरु
-
बालेन सरकारविरुद्ध चार वाम एक ठाउँमा, प्रचण्डले सुनाए घेराबन्दीको सूत्र !
-
१ दशमलव ५ गुणाले बढ्यो इरानको तेल आम्दानी
-
प्रधानमन्त्री समक्ष व्यवसायीको गुनासो : ‘कच्चा पदार्थ बाहिरिँदा स्वदेशी प्लाइउड उद्योग संकटमा’
-
प्रहरीले तयार पार्यो अपराध गर्न सक्ने १८ सय ७१ जनाको क्रिमिनल प्रोफाइल
-
नयाँ प्रणालीबाट ८ हजारभन्दा बढी राहदानी छापियो, प्राविधिक समस्या समाधान भइरहेको दाबी
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण
