शिल्पा र राज कुन्द्राविरुद्ध मुद्दा दर्ता, के हो नयाँ मामिला ?
बलिउड नायिका शिल्पा शेट्टी तथा उनका श्रीमान् राज कुन्द्राविरुद्ध मुम्बईको बान्द्रा पुलिस स्टेशनमा मुद्दा दर्ता भएको छ । नितिन बराई नामका व्यक्तिले शिल्पा र राजले सन् २०१४ देखि हालसम्म स्पा र जिम फ्रेन्चाइजी बाँड्ने नाममा थुप्रै पटक धोका दिएको आरोप लगाएका छन् । नितिनले यो मामिलामा काशिफ खान, दर्शित शाह र उनका केही साथीलाई पनि आरोपी बनाएका छन् । यद्यपि, काशिफ र दर्शित को हुन् र शिल्पा–राजको कम्पनीमा उनीहरुको के भूमिका छ त्यसबारे पत्ता लाग्न सकेको छैन ।
१.५ करोड भारु लगानी गराएर धोका दिएको आरोपः
नितिनका अनुसार उनले पुणेको कोरेगाँवमा शिल्पा र राजको कम्पनी ‘मेसर्स एसएफएल प्राइभेट कम्पनी’ को जिम र स्पाको फ्रेन्चाइजी खोलेका थिए । आरोपीले उनलाई १ करोड ५९ लाख २७ हजार भारु लगानी गर्न लगाए र ती पैसा नीजि प्रयोग गरेको आरोप लगाए । नितिनका अनुसार उनले पैसा फिर्ता माग्न थालेपछि आरोपीले धम्काउन सुरु गरे ।
शिल्पा र राजसँग छिट्टै सोधपुछ हुने सम्भावनाः
नितिनको ऊजुरीपश्चात् बान्द्रा प्रहरीले शिल्पा शेट्टी, राज कुन्द्रासमेत अन्य आरोपीविरुद्ध मुद्दा दर्ता गराएर अनुसन्धान सुरु गरेको छ । प्रहरीले यो मामिलामा छिट्टै आरोपीसँग सोधपुछ गर्न सक्छ । राज कुन्द्रा र शिल्पाको पक्ष थाहा पाएपछि प्रहरीले छिट्टै उनीसँग सम्पर्क गर्न सक्छ ।
पोर्न केसमा जमानतपछि देखिएका छैनन् राजः
पोर्नोग्राफी मामिलामा राज कुन्द्रा जेलबाट छुटेपछि खासै सार्वजनिक स्थानमा देखिएका छैनन् । उनले १ नोभेम्बरमा आफ्नो ट्वीटर र इन्स्टाग्राम अकाउन्ट डिलिट पनि गरेका थिए । पोर्नोग्राफी केसमा पक्राउ परेका राज कुन्द्रा २ महिनापछि २० सेप्टेम्बरमा बम्बे हाईकोर्टबाट जमानत पाएका थिए ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठानमा गुनासो सुन्न सुरु
-
बालेन सरकारविरुद्ध चार वाम एक ठाउँमा, प्रचण्डले सुनाए घेराबन्दीको सूत्र !
-
१ दशमलव ५ गुणाले बढ्यो इरानको तेल आम्दानी
-
प्रधानमन्त्री समक्ष व्यवसायीको गुनासो : ‘कच्चा पदार्थ बाहिरिँदा स्वदेशी प्लाइउड उद्योग संकटमा’
-
प्रहरीले तयार पार्यो अपराध गर्न सक्ने १८ सय ७१ जनाको क्रिमिनल प्रोफाइल
-
नयाँ प्रणालीबाट ८ हजारभन्दा बढी राहदानी छापियो, प्राविधिक समस्या समाधान भइरहेको दाबी
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण